२०७९ असार १४, मंगलवार १८:५५

जनकपुरधामबाट एकजना अमेरिकन पेस्तोल सहित पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं ९ थापा चौकका ३७ वर्षीय मनिष कुमार अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गएराति करिब ११ बजेको समयमा जनकपुरधाम ९ थापा चौक स्थित स्थानीय मनिष अधिकारीको घरको छतमाथि गोली चलेको सूचनाको आधारमा घटना स्थलमा प्रहरी पुगेका प्रहरीले पेस्तोल सहित मनिषलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनास्थलमा पुगी घरको खानतलासी गर्दा किचन कोठाको टप माथि लुकाई राखेको अवस्थामा अटो पिस्टन युएसए लेखिएको पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

प्रहरीले पेस्तोल सहित गोली १ राउण्ड र म्याग्जिन बरामद गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उक्त घटना सम्बन्धमा अनुसन्धान गर्दा मनिष र उनको श्रीमतिबीच घरायसी वादविवादको विषयलाई मनिषले लुकाई छिपाई राखेको पेस्तोलबाट घरको छतमा गोली चलाएको खु्लेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News