एनआईसी एशिया बैंक जनकपुरधाम शाखामा ग्राहकहरुसित अनेक ‘बखेडा’ खडा गरी अनावश्यक रुपमा दुःख दिन थालेको छ ।
बैंकमा चेक साट्न, रकम जम्मा गर्न लगायतका काममा घण्टौ कुर्नुपर्ने र पालो आएपनि कर्मचारीले अनावश्यक ‘बखेडा’ खडा गरी दुःख दिने गरेका छन् । अनेक आकर्षक नारा दिएर ग्राहकलाई लोभ्याउने एनआईसी एशिया बैंकले खाता खोलिसकेपछि ग्राहकहरुलाई अनेक प्रकारले दुःख मात्र दिने गरेको छ । मागै नगरेपनि ‘क्यूआर कोड’ लिन महिनौ दवाव दिने र त्यो नलिँदा समेत कर्मचारीहरुले बैंकमा दुःख दिने गरेका छन् । एनआईसी एशिया बैंकमा चेक साटेर सो दिन अर्को काम गर्न प्रायःसंभव हुँदैन् । बैंकका कर्मचारीहरुको व्यवहारले ग्राहकहरु दिक्क भएका छन् । ऋण प्रवाहमा समेत कमिशनको चलखेल हुने गरेको बताइन्छ । मैनेजरलाई साँझ खुशी बनाउने केही व्यवसायीहरुका लागि भने विशेष सुविधा उपलब्ध गराइएको छ । उनीहरुको चेक कलेक्सन, साट्ने र जम्मा गर्न अन्य सेवाग्राही जस्तो लाइनमा लाग्नु पर्दैन् । समयको बचत गर्न चाहने व्यवसायी ग्राहकका लागि समेत केही कर्मचारीहरुलाई ‘रात्रिकालीन भोज’को महिनामा कम्तीमा एकपटक प्रबन्ध गर्नुपर्ने बताइन्छ । कर्मचारीहरुले बैंकको लोकप्रियता नै अत्यधिक रहेकाले पर्याप्त ग्राहकको संख्या भएको धाक लगाउने गरेको गुनासो ग्राहकहरुले बैंकमै गरिरहेका हुन्छन् । बैंकका कर्मचारीहरुले सेवाग्राहीसित शासितको जस्तो व्यवहार गरेको दुखेसो ग्राहकहरुले पोख्ने गरेका छन् ।
जनकपुरधामको राममन्दिर नजिकको शाखामा पछिल्लो केही समयदेखि ग्राहकहरुको गुनासो बढेको छ । तर पिराडी चोक शाखामा भने ग्राहकहरुको गुनासो प्रायःसुनिदैन् । रात्रि भोजप्रति समेत पिराडी चोक शाखाका कर्मचारीहरुको आकर्षण देखिदैन् । राममन्दिर शाखामा एकजना महिला कर्मचारीको दादागिरि रहेको कतिपय कर्मचारीहरुले पनि बताउने गरेका छन् । मैनेजरपनि उनको अगाडि नतमस्तक हुने गरेका छन् । बैंकको आकर्षक नाराको भरमा ग्राहक भएकाहरुले सुविधा भन्दा दुख नै बढी पाउने गरेका छन् । यस सम्बन्धमा बैंकका मैनेजर ईश्वरराज आचार्यसित ०४१–५९०५७०, ५९०५७१ र ९८४४१७३९३९ मा फोन सम्पर्कको प्रयास गर्दा दुबै नम्बर उठेन् ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw



