२०७९ असार १५, बुधबार ०७:३४

जनकपुरधाम ।पेस्तोल चलाएर श्रीमतीलाई थर्काउने एकजना युवक प्रहरी फन्दामा परेका छन् ।

श्रीमतीसित अबेर राति झगडा गरेका युवकले उनलाई थर्काउन छतमा पेस्तोल पड् काएका थिए । जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोकबाट ३७ वर्षीय मनिषकुमार अधिकारीलाई सोमवार राति पक्राउ गरेको हो ।प्रहरीले उनलाई पेस्तोल सहित पक्राउ गरेको हो । सोमबार राति श्रीमतीसँग विवाद हुँदा उनले गोली प्रहार गरेका थिए । गोली चलेको खबर पाएपछि घटनास्थलमा प्रहरी पुगेका थिए ।घरमा गोली चलेको भन्दै प्रहरीले शोधखोजगर्दा भान्सामा लुकाइ राखिएको अवस्थामा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अटो पिस्टन युएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोली एक राउण्ड र म्याग्जिन बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक(डीएसप) प्रदीपबहादुर क्षेत्रीले जनाए । उनका अनुसार श्रीमान– श्रीमतीबीच घरायसी विवाद हुँदा घरको छतमा गएर श्रीमतीलाई थर्काउनकालागि गोली चलाएको अधिकारीले प्रहरी समक्ष वयान दिएका छन् । उनलाई हाल धनुषा प्रहरीको हिरासतमा राखिएकोछ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा अन्तरगत म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी क्षेत्रीले बनाए । अधिकारीले घरमा राखेको पेस्तोलको लाइसेन्स छैन् ।उनले घरमा लुकाइ राखेको पेस्तोल अन्य अपराधिक कार्यमा समेत प्रयोग भएको हुन सक्ने आशंका गर्दै प्रहरीले त्यस तर्फ पनि अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीले सोमवार नै तीन जना भारतीय युवाहरुबाट मेड ईन यूएसए लेखिएको पेस्तोल बरामद गरेका थिए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News