२०७९ असार १५, बुधबार ०७:४२

स्थानीय निर्वाचनमा उम्मेदवार बन्न राजिनामा दिएका शिक्षक पुनः विद्यालयमा हाजिर हुँदा विवाद शुरु भएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित माध्यमिक विद्यालय बरमझियामा रेखा यादव हाजिर हुन खोजेपछि विवाद शुरु भएको हो । उनलाई प्रधानाध्यापक राजदेव यादवले आर्थिक प्रलोभनमा परी हाजिर गराउन खोजेको आरोप छ । राजिनामा बुझाएका शिक्षकलाई हाजिर गराएपछि स्थानीयले विद्यालयमा मंगलबार तालाबन्दीसमेत गरेका छन् । रेखाले बैशाख ८ गते राजिनामा दिएकी थिइन् । उनी राहत तृतीय श्रेणी पदमा कार्यरत थिइन् । उनी बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिने तयारी गरेपनि अन्तिम समयमा उनको टिकट खोसिएको थियो । उनले दिएको राजिनामा प्रधानाध्यापक यादवले स्वीकृत समेत गरी सकेका छन् । बैशाख ९ गते देखि लागु हुने राजिनामा स्वीकृत गरिएको पत्र रेखा यादवको नाममा पठाएको देखिन्छ । उक्त पत्रको वोद्यार्थ जिल्ला शिक्षा विकास समन्वय इकाई धनुषा र गणेशमान चारनाथ नगरपालिका बिरेन्द्रबजार उल्लेख गरिएको छ । ती सक्कल राजिनामा पत्र र सक्कल स्वीकृत गरिएको पत्र र सक्कल दर्ता चलानी किताब अहिले उनीहरुले लुकाउन खोजिएको छ । सोही विषयमा वडाध्यक्ष रेखा यादवको विषयमा आवश्यक छानविन गरी कारवाहीको लागि पालिकामा पत्र पठाएका छन् ।

यद्यपि हाल सम्म नगर प्रमुख जितनारायण यादव, उपप्रमुख तुल्सा पाण्डे र प्रमुख प्रशासकीय अधिकृत लखनदेव यादवले कुनै चासो नराखेको वडाध्यक्ष नन्दकिशोर यादवको गुनासो छ । शिक्षकहरुले विद्यालयमा राजनीति गरेको कारण शैक्षिक अवस्थामा नकारात्मक प्रभाव परेको उनको भनाई छ ।

Comment


Related News

Latest News

Trending News