२०७९ असार १५, बुधबार १२:२२
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार २०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर १ हजार २४० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।


