२०७९ असार १६, बिहीबार ०७:०८

जनकपुरधाम ।देशको केही प्रदेश सभामा बजेट पारित भइसक्दा पनि मधेश प्रदेशमा सत्र चालु नै हुन सकेको छैन् ।प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बुधवार बसेको बैठकले २० गते सदनको बैठक चलाउने निर्णय गरेको छ ।

अर्थमन्त्री शैलेन्द्र साहले असार महिनामा खर्च गर्न सप्तरी जिल्लामा लगेका करोडौ बजेटको कागजी व्यवस्थापन मिलाउन सक्रिय रहेकाले सत्र रोकिएको छ । असार १ गते प्रदेश सभामा बजेट पेश भएपछि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको सूचना जारी गरिएको थियो ।रातो किताब(रेडबुक)छपाइ गर्न केही समय लाग्ने जनाउँदै अधिवेशन बढीमा हप्ता दिनका लागि रोकिएको थियो । तर अर्थमन्त्री साहले विभिन्न मन्त्रालयबाट असारमा लगेको करोडौ रुपैया बजेटको व्यवस्थापन गर्न आफै सक्रिय रहेकाले प्रदेश सभाको बैठक सञ्चालन हुन सकेको छैन् ।प्रदेश सभामा हाल सम्म रेडबुक पुगेको छैन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment

Related News

Latest News

Trending News