२०७९ असार १६, बिहीबार १४:४६

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमा नै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

६४ औं संसद दिवसको अवसरमा पूर्वसांसद मञ्चले बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई बलियो बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने भन्दै निर्वाचन समयमै गरिने बताउनुभएको हो । प्रधानमन्त्री देउवाले मुलुकको शासन प्रणालीलाई बलियो बनाउँदै विकासको गतिमा अगाडि बढाउन सवैले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । उहाले संसद र संसदीय समितिको निर्णयहरुलाई सरकारले प्राथमिकताका साथ कार्यान्वन गर्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले दुई तिहाई मत प्राप्त सरकारले अपेक्षित काम गर्न नसकेको कारण जनतामा निराशा छाएको बताउनुभयो । उहाले देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि संसद्लाई सम्मानढंगका साथ अघि बढाउनुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणालीलाई इमान्दारीतापूर्वक बलियो बनाउन सवै गम्भीर हुनुपर्ने बताउनुभयो । उहाले सांसदहरुले आफ्नो संसदको दायित्व निर्वाह गर्नुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा कानुनमन्त्री गोविन्द शर्मा कोइरालाले संसदलाई मर्यादित बनाउनका लागि सांसदहरुको भूमिका महत्वपूर्ण हुने तर्क गर्नुभयो ।

Comment

Related News

Latest News

Trending News