२०७९ असार १६, बिहीबार १८:५५

जनकपुरधामस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरुले तालाबन्दी गरेका छन ।

विभिन्न माग राख्दै मन्त्रालयमा ताला लगाएर प्रदेशका विभिन्न जिल्लाबाट आएका किसानहरु धर्नामा बसेका छन् ।

शीत भण्डारको रकम भुक्तानी दिनुपर्ने, समयमा मलखाद र बीउबिजन उपलब्ध गराउनुपर्ने, प्राकृतिक विपद्का कारण किसानलाई भएको क्षतिपूर्ति दिनुपर्नेलगायत किसानहरुको माग छ ।

प्रदेश सरकारले २०७६ जेठ २९ गते शीतभण्डार निर्माण गर्न कृषक समूहसँग सम्झौता गरेको थियो । शीतभण्डार निर्माण भइसके पनि सरकारले भुक्तानी दिन मानेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको जसपाका नेतासमेत रहेका किसान शेषनारायण यादवले बताए ।

Comment


Related News

Latest News

Trending News