२०७९ असार १७, शुक्रबार ०७:३७

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र सीमावर्ती भारतीय बजार कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल भत्केको तीन वर्ष भन्दा बढी भई सक्दा पनि त्यहा पुल निर्माण हुन सकेको छैन् ।

अर्काे पुल बन्न नसक्दा सर्वसाधारण खोलामा जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् । दसगज्जा क्षेत्र नजिक रहेको तिलाठी कोइलाडी गाउँपालिका र भारतीय बजार कुनौली जोड्ने उक्त पुल तीन वर्ष अघि आएको बाढीले बगाएपछि अर्काे पुल हाल सम्म निर्माण हुन सकेको छैन् । स्थानीय र सीमावर्ती भारतीय बजारका वासिन्दा समेत मिलेर ३०÷३५ वर्ष अघि सहज आवतजावतका लागि उक्त खोलामा बाँस तेस्र्याएर अस्थायी पुल बनाएका थिए । तीन वर्ष अघि आएको बाढीले सो पुल भत्काएपछि आवागमनमा समस्या भएको स्थानीयवासी रुपकान्त मिश्रले बताए । तिलाठी कोइलाडी गाउँपालिका १ बेल्हीस्थित राजविराज भन्सार कार्यालयको सामुन्ने रहेको खोलामा बाँसको फड्के बनाएर पुनः आवागमनको व्यवस्था मिलाउने प्रयास गरिएपनि भारतीय एसएसबीको अवरोधका कारण रोकिएको तिलाठी कोइलाडी गाँउपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाको भनाई छ । “दुबै देशका नागरिकलाई आवागमनमा सजिलो होस् भन्ने उद्देश्यले बाँसको फड्के बनाएर अर्काे अस्थायी पुल बनाउन खोज्दा सीमावती भारतीय क्षेत्रका एसएसबीहरुले नमान्दा समस्या भएको हो, उनले भने ।” उनले यसका लागि केन्द्रस्तरबाटै कुटनैतिक पहल गरी समस्याको समाधान खोजिनु पर्नेमा जोड दिए । तिलाठी कोइलाडी गाउँपालिकाका निर्वतमान अध्यक्ष सतिश कुमार सिंहले आफ्नो कार्यकालमा नै उक्त स्थानमा नेपाल–भारत मैत्री पुल बनाउने अथक प्रयास गरेपनि भारतीय सुरक्षाकर्मीले माथिको आदेश चाहियो भन्दै अवरोध पु¥याएपछि काम अघि बढ्न नसकेको बताए ।

“पुल बनाउन निकै प्रयास ग¥यौं, प्रदेश सकारको रेडबुकमा पनि उक्त योजना पार्न सफल भयौं, उनले भने तर त्यसको कार्यान्वयन गर्न सफल हुन सकेनौ ।” उनले पनि उक्त पुल निर्माणका लागि उच्चस्तरीय पहल जरुरी रहेको बताए । दसगज्जा क्षेत्रमा रहेको उक्त खोलाबाट वर्षायाममा महुली, जिता, खाँडो, त्रियुगा, भलुवाही लगायतका नदी र खोलाको पानी बग्ने गरेको र पुल नहुँदा दुबै देशका नागरिकले सास्ती खेप्नु परिरहेको स्थानीय अजित झा बताउँछन । सुख्खायाममा धेरै कष्ट नभएपनि वर्षा लागे संगै आवागमन नै ठप्प हुने र आवश्यक काम परेकाहरु जोखिम मोलेर आवतजावत गर्न बाध्य भएको स्थानीय किशोर झाले बताए । “छोटो बाटो भएकाले त्यस भेगका जनता किनमेल, शिक्षा, उपचार, तीर्थयात्रा लगायतका विभिन्न कामका शिलसिलामा आवतजावत गर्न यही बाटो प्रयोग गर्ने गरेका छन । तर, पुल नहुँदा वर्षायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयको दुखेसो छ । दुबै देशका नागरिकहरुले उक्त खोलामा चाडै पुल निर्माण गरी सर्वसाधारणलाई राहत दिन आ–आफ्ना सरकार संग माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News