२०७९ असार १७, शुक्रबार ०८:००

मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले आफ्ना संसदीय निर्वाचन क्षेत्रलाई उज्ज्यालो बनाउने अभियान अन्तर्गत विभिन्न ठाउँमा हाईमास्क लाइट जडान गराएका छन् ।

राज्य मन्त्री यादवले आफना संसदीय निर्वाचन क्षेत्र रौतहट क्षेत्र नं १ को ख विधानसभाको दर्जनौ ठाउँमा अत्याधुनिक क्षमता भएका हाईमास्क लाइट जडान गरी सञ्चालनमा ल्याएका छन् । प्रदेश सांसद एवं राज्यमन्त्री यादवले आफना निर्वाचन क्षेत्रको पचरुखी, पिपरा, लौकाहा, माधोपुर, पकहा, मानपुर, जयनगर, दिपही, सखुअवा, भेडियाही लगायतका गाउँको मुख्य चोकहरुमा उक्त हाईमास्क लाइट जडान गराएका छन् । आफ्ना संसदीय क्षेत्र विकास कोषको लाखौ रकमबाट जडान गरिएको टावर लाईटहरुको कृषि राज्य मन्त्री योगेन्द्र यादवले बिहीवार छुट्टाछुट्टै कार्यक्रमका वीच स्वीच थिचेर उद्घाटन गरेका छन् । राज्यमन्त्री यादवले उद्घाटन गरेसँगै उक्त हाईमास्क लाइटहरु सञ्चालनमा आएको छ । नयाँ र आधुनिक हाइमास्क प्रविधियुक्त हाईमास्क लाइट जडानले ६ सयमिटर भन्दा बढी दूरीसम्म उज्ज्यालो दिने जनाइएको छ । अँध्यारोको समयमा सर्वसाधारण जनताले खेप्नु परेको सास्तीलाई मध्यनजर गर्दै आफूले क्षेत्रका विभिन्न स्थानमा हाईमास्क लाइट जडान गरेको उनले बताए । उनले हाईमास्क लाइटले रातिको समयमा साइकल र विशेषगरी पैदल यात्रुहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

’सबैसँग लाइट भएको वाहन हुँदैन, हाम्रा दैनिक ज्यालादारी गर्ने मजदुरहरूले साइकलबाट यात्रा गर्छन् उनले भने, ‘उनीहरुलाई अँध्यारोमा साइकल चलाउँदा कतिपटक दुर्घटनामा परेको मैले स्वयम् देखेको छु, त्यसैले उनीहरुलाई सहयोग पुग्ने उद्देश्यले मैले हाईमास्क लाइट जडान गरेर आफ्ना क्षेत्रलाई उज्ज्यालो बनाउँने प्रण लिएको छु’ उनले भने ।

Comment


Related News

Latest News

Trending News