अपडेट 
२०७९ असार १७, शुक्रबार ०९:२१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद् तथा महामारीलगायत घटनाको प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन देशभरका अस्पतालहरूलाई निर्देशन दिएको छ ।

स्वास्थ्यकर्मीहरूलाई पनि तयारी अवस्थामा राख्न मन्त्रालयले देशभरका सबै अस्पताललाई निर्देशन दिएको छ ।

यसअघि नै मनसुन पूर्व–तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी सबैको जानकारी एवं आवश्यक कार्यका लागि  पठाइसकिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ । सम्बन्धित विपद्का घटनारमहामारीलगायत प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन, स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा राख्न, आवश्यकतानुसार शैयाहरूको व्यवस्थापन गर्न, औषधि–उपकरणहरूको तयारी गर्न, अस्पतालहरूसँगको समन्वय गर्न एवं इमरजेन्सी मेडिकल डिप्लोमेन्ट टिम र र्‍यापिड रेस्पोन्स टिम तयारी अवस्थामा राख्न मन्त्रालयले सूचना मार्फत निर्देशन दिएको हो ।

यस्तै अस्पतालहरूबाट आवश्यक सूचना संकलन तथा निगरानी गरी तत्काल उपचारमा संलग्न हुनुपर्ने भएकोले साधनस्रोतलाई अधिकतम उपयोग गरेर जनधनको क्षति न्यूनीकरण हुने गरी संयन्त्र तथा कार्ययोजना तयार गरी कार्य गर्नुपर्ने अवस्था आउनसक्नेतर्फ पनि मन्त्रालयले सचेत गराएको छ ।

मनसुन सक्रिय भए लगत्तै देश भरका विभिन्न स्थानमा लगातार पानी परिरहेको र बाढी, पहिरो एवं अन्य घटनाहरूको सूचना यस स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईरस्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रलाई आइरहेको मन्त्रालयले जनाएको छ ।

मनसुनजन्य प्राकृतिक विपदहरूसँगै खानेपानी प्रदूषण भई सरसफाईमा चुनौती थपिने कारणले हैजा रोगलगायत विभिन्न संक्रामक रोगहरू फैलन सक्ने भएकाले जनस्वास्थ्यमा पर्नसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News