२०७९ असार १७, शुक्रबार १२:१९

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु ३०० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

Comment

Related News

Latest News

Trending News