अपडेट 
२०७९ असार १७, शुक्रबार १२:२१

महोत्तरीको जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राइन रहेका छन् ।

प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई जलेश्वर–१२ नैन्ही गाउँमा रहेको सीमानाकाबाट पैसा लिइरहेकाे बेला पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट ५ हजार ८ सय भारतीय रुपैयाँ बरामद गरेको छ ।

Comment


Related News