अपडेट 
२०७९ असार १७, शुक्रबार १९:१९

जनकपुरधामबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक र एक युवती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनीकुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० बर्षीय आरिफ हुसेन रहेका जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनीहरुको साथबाट ब्राउन सुगर १ ग्राम ८२० मिलि ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिलि ग्राम बरामद भएको छ ।

दुबैलाई जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापा चोकबाट पक्राउ गरिएको छ । संगै हिंडिरहेका चौधरी र हुसेनमाथि शंका लागि शरीर खानतलाशी गर्दा ब्राउन सुगर फेला परेको हो । पक्राउ परेका दुबै जनाबिरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

please follow us for more news and information.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News