अपडेट 
२०७९ असार १८, शनिबार ०७:५७

कैरियर ड्रिम एजुकेशन कन्सल्टेन्सीले शनिवार जनकपुरधाममा वृहत् भारतीय शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

सो कन्सल्टेन्सीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएका छन् । नेपालवाट भारत पढ्न जान चाहने विद्यार्थीहरुले रोजी रोजी शैक्षिक संस्था चुन्न सक्ने भन्दै सो मेला आयोजना गर्न लागिएको कन्सल्टेन्सीका सञ्चालक राकेश साहले जानकारी दिएका छन् । होटल मानकीमा शविार विहान १० बजे देखि आयोजना हुने सो शैक्षिक मेलामा भारतका २५ वटा विभिन्न विश्वविद्यालय सहभागी हुने उनले जानकारी दिए । उनले विगत ९ बर्ष देखि शैक्षिक मेला आयोजना गर्दै यहाँका विद्यार्थीहरु भारतमा ठगिने समस्याको निदान गर्दै आई रहेको र यस मेलाले विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुँदै आएको उनले बताए ।

उनले पुरल युनिर्भसिटी, चित्कारा युनिर्भसिटी, क्वान्टम् युनिर्भसिटी लगायतक युनिर्भसिटी तथा क्याम्पसहरूमा शिक्षा दिलाउनमा सफल कैरियर ड्रिम एजुकेशन कन्सल्टेन्सी जनकपुरधामले यस वर्ष पनि विद्यार्थीहरूको सुविधाकालागि १० औं शैक्षिक मेलाको आयोजना गर्न लागिएको हो । साथै साहले यही शैक्षिक मेलाबाट विद्यार्थी र अभिभावकहरूले भारतका विभिन्न कलेज तथा युनिर्भसिटीहरुको बारेमा आफैले जानकारी लिन सक्ने र ठगिनुबाट बच्ने उनले दावी गरे ।

Comment


Related News

Latest News

Trending News