अंगीकृत नागरिकका सन्तानलाई नागरिकता दिनुपर्ने चर्को आवाज उठिरहेको बेला एमालेले अबरोध खडा गरेको छ ।
सरकारले सहमतिमा नै नागरिकता विधेयक पारित गराउन थालेको प्रयासमा एमालेले अबरोध गरेको छ ।नागरिकताको समस्यालाई समाधान गर्न सरकारले सहमतिबाट नै संसदबाट विधेयक पास गर्न खोजेको थियो ।नेकपा एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता सम्बन्धी ल्याएको अध्यादेशलाई परिमार्जन गरी सरकारले संसदमा विधेयक दर्ता गरेको छ । दलहरुको सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाँडले सबै दलका अध्यक्षहरुलाई भेटिसकेका छन् ।भेटमा सकारात्मक देखिए पनि विधेयक पारित गर्न एमाले पछि हटेको छ ।एमालेका नेताहरुले विधेयक पारित गर्न सरकार हतार गरेको आरोप समेत लगाएका छन् । जनता समाजवादी पार्टी( जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले नागरिकता सम्बन्धी विधेयक पारित गर्न सरकारमाथि दबाब दिइरहेका छन् ।जसपा र लोसपाले नागरिकता सम्बन्धी मुद्दालाई चुनाव अगावै समाधान चाहेका छन् ।
अंगीकृत नागरिकताका सन्तानको समस्या भएको र वैवाहिक अंगीकृत नागरिकतामा सहमति जुटन सकेको छैन् ।एमालेले वैवाहिक अंगीकृत नागरिकताका लागि सात वर्ष सम्म कुर्नुपर्ने प्रावधान राख्न चाहेको छ ।तर कांग्रेस, जसपा र लोसपाले विदेशको नागरिकता परित्याग गरेको घोषणा गरे लगतै नागरिकता दिनुपर्ने प्रावधान राख्ने पक्षमा छ । वंशज नागरिकतामा खासै समस्या नदेखिएपनि अंगीकृतका सन्तान र वैवाहिक अंगीकृत नागरिकताको देशमा ठूलो समस्या सृजना भएको छ । वैवाहिक अंगीकृत नागरिकतामा सात वर्षको प्रावधान राखिए नेपाली युवाहरुको भारतमा विवाह नै पूर्ण रुपमा रोकिन सक्छ । नागरिकता नहुँदा सात वर्ष सम्म विदेशी महिलाले नेपाली भएको प्रमाणित गर्न सक्दैन् ।त्यस अवधिमा उनले कयौं अवसरहरु गुमाउनु पर्ने चिन्ता तराई÷मधेशमा व्याप्त छ । नेपालको प्रमुख संवैधानिक र प्रशासनिक पदमा अंगीकृत नागरिकलाई प्रतिबन्ध लगाइएको छ ।त्यसपछि सात वर्ष सम्म नागरिकताबाट नै बञ्चित गरेर राख्नु पर्ने आवश्यकता नरहेको सांसद प्रदीप यादवले जनाए ।
नेकपा एमालेसित सहकार्यका लागि प्रयासरत रहेको लोसपाले प्रधानमन्त्री देउवालाई नागरिकता विधेयक पारित गर्न दबाब दिइरहेको छ ।तर एमालेलाई विधेयक पारित गर्न सहयोगका लागि लोसपाले आग्रह गरेको छैन् । चालु अधिवेशनबाट नै नागरिकता सम्बन्धी विधेयक पारित गर्न सरकार अझै प्रयासरत रहेको छ ।गठबन्धनमा रहेका दलहरु मध्ये माओवादी पनि नागरिकता विधेयकप्रति सकारात्मक छैन् ।
please follow us for more news and information.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw


