२०७९ असार १८, शनिबार ०८:३०

जनकपुरधाम । सिन्धुली गोलान्चोर गाउँपालिका २ की राधिका कार्कीको हत्या प्रयासका मुद्दा तामेली गएको छ ।

राधिकाले आरोपित बारे पटक–पटक ब्यान फेरेपछि मुद्दा तामेलीमा गएको हो । असार ५ गते जिल्ला प्रहरी कार्यालय धनुषामा राधिकाकी आमा अम्बिका कार्कीले अनुसन्धान गरी दोषी पत्ता लगाउन जाहेरी दर्ता गराएकी थिइन् । राधिकाले जेठ १६ गते धनुषा महेन्द्रनगरका अरुण साहले करेन्ट लगाएको उद्दार गर्ने प्रहरी समक्ष वयान दिएकी थिइन् । आरोपि साह प्रेमी रहेको र उनीसँग आठ महिनादेखि जनकपुरधामको थापा चोकस्थित कोठामा बस्दै आएको उनको भनाइ थियो । विवाह गर्न दबाब दिँदा करेन्ट लगाएर ज्यान लिने प्रयास गरेको उनले मिडियासमक्ष बताएकी थिइन् । अहिले आएर पुनः राधिकाले वयान फेरेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार राधिकाले आरोपित बारे ठोस कुरा नगर्दा मुद्दा तामेलीमा गएको हो ।

घटना भएदेखि तीन पटक राधिकाले ब्यान फेरिसकेको बताइएको छ । ‘जाहेरी दर्ता भयो । तर त्यो अनुसार काम गर्नै लाग्दै राधिकाले वयान फेरिन्,’उनले भने,‘ उनको पारिवारका सदस्यहरुले पनि राधिकाको मानसिक अवस्था ठिक नरहेको बताएका छन् । पहिला पनि यस्तै गर्ने गरेको थियो ।’ यद्यपी करेन्ट भुलवस लागेको, राधिका आँफैले लगाएको वा अरु कसैले लगाएको बारे प्रहरीले खुलाएनन् । सबै कागजात हेर्दा, अनुसन्धान गर्दा र पीडितको वयान सुन्दा मुद्दा दर्ता गर्न नमिल्ने भएको भन्दै मुद्दालाई तामेलीमा पठाइएको डिएसपी बस्नेतको भनाई छ । यस विषयमा अधिवक्ता रिंकु कुमार यादवले तामेलीमा नभई मुलतवीमा गएको हुन सक्ने बताइन् । एक महिनादेखि राधिकाको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ । केही दिन अगाडि उनको पेट र तिघ्राको छाला परिर्वतन गरिएको थियो । करेन्ट लागेर उनको पेट, हात र खुट्टामा बढी असर पुगेको छ । शरीरको ३० प्रतिशत भागका छाला परिर्वतन गर्नु पेर्ने उपचारमा संलग्न चिकित्सकको भनाइ छ । हात र खुट्टाको औला काम गरेका छैन् । औलाहरु हटाउनु पर्ने चिकित्सकको सल्लाह छ । जलेको भागमा प्लास्टर गरिएको छ ।

please follow us for more news and information.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News