२०७९ असार १८, शनिबार १६:१८

जनकपुरधाम, अषाढ १८ । लोक सेवाको परिक्षामा मधेशका महिलाहरुले राम्रो नतिजा ल्याउन नसकिरहेको बेला मधेश सरकारले प्रदेशका ४ सय महिलाहरुलाई लोक सेवा परीक्षाको तैैयारी गराउन थालेका छन ।

मुख्यमन्त्री बेटी पढाउ,, बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालित लोकसेवा तैयारी कक्षामा प्रदेश भरिमा खरिदार सुब्बाको गरि ४ सय महिलाले तालिम लिइ रहेको कार्यक्रमका संयोजक प्रियंका यादवले जनाउनु भएको छ । मधेश सरकारको महत्वांकाक्षी योजना अनुरुप संचालित लोकसेवा कक्षामा प्रत्येक जिल्लामा २५ जना खरिदार र २५ जना सुब्बाको तैयारी कक्षामा सहभागी भएका छन ।

जेठ १९ गते देखी शुरु भएको लोकसेवा तयारी कक्षा सप्तरीको रा।ठा।जो भगत मावि राजविराज, सिरहाको सिद्धार्थ शिशु निकेतन सिरहा, धनुषाको ज्ञानकुप मावि जनकपुरधाम, महोत्तरीको विणा विद्या मन्दिर जलेश्वर, सर्लाहीको पब्लिक मावि मलंगवा, रौतहटको गौरीशंकर यादव रौतटह क्याम्पस गौर, बाराको पन्ना देवी कन्यामावि कलैया र पर्साको सुन्दरमल्ल रामकुमार कन्यामावि विरगंजमा कक्षा संचालन हुँदै आएको छ ।  लोकसेवा तयारी कक्षाले लोकसेवाको परिक्षामा सहभागी हुने विद्यार्थीहरुको मनोबल उच्च पार्नुका साथै परिक्षाको सटिक तयारी गराउने विश्वास लिइएको छ ।

मधेश प्रदेश सरकारले प्रदेश लोकसेवामा ५० प्रतिशत महिलाहरुकोे लागी गरेको आरक्षणमा योग्य महिलाहरु प्रवेश गराउन लोकसेवा तयारी कक्षा सहायक हुने अपेक्षा प्रदेश सरकारले राखेको छ । यस अघि मधेश सरकारले आव २०७५÷७६मा १०० जना, आव ०७६/७७मा ३५० जना महिलाहरुलाई लोकसेवाको तैयारी कक्षा गराइ सकेका छन ।

Comment


Related News

Latest News

Trending News