२०७९ असार १९, आईतवार ०६:५२

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालको कार्यकारिणी समितिको बैठकमा आगामी चुनावमा गठबन्धन गर्ने मुख्य एजेण्डा बनेको छ ।

समितिको शनिवारदेखि सुरु भएको बैठकमा पार्टीको विधान, र चुनावमा गरिने गठबन्धन, संगठनात्मक संरचना लगायतका एजेण्डाहरु प्रवेश गरेको पूर्व प्रदेश मन्त्री समेत रहेका कार्यकारिणी समितिका सदस्य जितेन्द्र सोनलले जनाए । ‘पार्टीको विधान संशोधन, कार्यकारिणी समितिको गठन, केन्द्रीय समितिको गठन लगायतका विषय, किसानको मलको समस्या, बाढी र वर्षाको प्रकोप बैठकको एजेण्डा रहेको छ ’ उनले भने, विचार मिल्ने दलसित चुनावमा गठबन्धन सम्बन्धी एजेण्डा पनि बैठकमा रहेको छ । पहिलो दिन एजेण्डा राखिएको र आइतवारदेखि त्यसमाथि छलफल हुने उनले बताए । लोसपालाई चुनावमा गठबन्धन गर्न नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा) बाट छुट्टिन लागेको डा.बाबुराम भट्टराईको समूहले प्रस्ताव गरेका छन् ।तर लोसपाले कांग्रेससित गठबन्धन गर्न चाहेको छ ।

तराई मधेशमा नै मधेशी दलहरुको अवस्था कमजोर देखिएकाले जसपा सित पनि चुनावी गठबन्धन हुन सक्ने संकेत अध्यक्ष महन्थ ठाकुरले गरेका छन् । ठूला दलहरुसित तालमेल गर्दा क्षति भएकोले मधेश केन्द्रित दलहरु बीच गठबन्धन हुन सके जनभावना अनुरुप हुने अध्यक्ष ठाकुरको तर्क छ । कार्यकारिणी समितिको बैठकमा गठबन्धन बारे नीतिगत निर्णय हुन सक्ने नेताहरुले बताएका छन् । उनीहरुले अन्य दलहरुबाट आउने प्रस्ताव पछि मात्र निर्णय गरिने बताएका छन् । जसपाले पनि लोसपा सित चुनावी गठबन्धन गर्न चाहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले लोसपा सित गठबन्धन गरी चुनावमा जान सक्ने धारणा सार्वजनिक गरिसकेका छन् । जसपाबाट भट्टराई लगायत केही नेताहरु बाहिरिने क्रममा रहेका छन् ।

please follow us for more news and information.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News