एउटै व्यक्तिको दोहोरो नागरिकता दिन सिफारिस गरेको वडाध्यक्ष र सचिव फरार भएका छन् ।
जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेपछि जनकपुरधाम उपमहानगरपालिकाका निर्वतमान वडाध्यक्ष रमेश ठाकुर र सचिव माधव राय फरार भएका छन् । उनीहरुले मुखियाट्टी मुसहरनिया स्थित तुलसियाही जब्दीबाट एउटा नागरिकता लिइसकेका आनन्द मिश्रलाई नागरिकताको लागि सिफारिस गरेका थिए । अदालतले उनीहरुलाई त्यही नागरिकता दिएको अभियोगमा नागरिकता सम्बन्धी कसुर मुद्दामा पक्राउ पूर्जी जारी गरेको हो । दोहोरो नागरिकता लिएका आनन्द असार पहिलो साता नै पक्राउ परेका थिए । अहिले उनीमाथि अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका आनन्दसँग नेपालको दुई र भारतीय मतदाता कार्ड पनि रहेको अनुसन्धानबाट खुलेको छ । मुद्दा परेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गर्दा दुई नेपाली र एक भारतीय मतदाता परिचय पत्रसमेत फेला परेको बताइएको छ ।
उनले ०७० साल जेठ १९ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता प्राप्त गरेका थिए । फेरि उनले ०७८ मंसिर १७ गते आनन्द मोहन शरणको नाममा दोहोरो नागरिकता लिएका थिए । दूबै नागरिकतामा उनको नाम, जन्म मिति र स्थान फरक फरक देखिएको छ । पहिलो नागरिकतामा बुवाको नाम पवन मिश्र उल्लेख छ । अर्को नागरिकतामा बुवाको नाम देव शरण राखिएको छ । दुबै ठाउँबाट लिएको नागरिकतामा मिश्रकै फोटो रहेको छ । भारतको निर्वाचन आयोगबाट जारी मतदाता सूची र उनले बनाएको मतदाता परिचय पत्रमा पिताको नाम पवन मिश्र र आफ्नो नाम भवेश मिश्र उल्लेख गरेका छन् । यी कार्डमा पनि मिश्रकै फोटो छ । तर मिश्रले दुबै ठाउँबाट लिएको नेपाली नागरिकता वंशजको आधारमा रहेको छ । उनी जानकी विहार कुण्ड मन्दिरका महन्थको सहयोगी थिए ।
please follow us for more news and information.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw


