२०७९ असार १९, आईतवार ०७:३६

वीरगञ्ज । पर्सा जिल्लाको पोखरिया नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि र क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साबीच आपसी सहकार्य सम्बन्धमा छलफल भएको छ ।

क्रियाशील युवा पत्रकार मञ्च पर्साले आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रमका अवसरमा जनप्रतिनिधि र पत्रकारको समन्वय र सहकार्यका बारेमा छलफल भएको हो । मञ्चका अध्यक्ष प्रणय कुमारको अध्यक्षतामा भएको भेटघाट तथा परिचयात्मक कार्यक्रमका अवसरमा नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, उपप्रमुख रुबी कुमारी ठाकुरसहित १० वटै वडाका वडा अध्यक्षहरुलाई खादा र बधाई पत्रका साथ सम्मान गरिएको मञ्चका उपाध्यक्ष आनन्द पटेलले जानकारी दिए । कार्यक्रममा नगरप्रमुख चौहानले राष्ट्रको चौथो अंग मानिएका पत्रकारले समाजका बिकृति एवम् बिसंगतिको विरुद्धमा कलम चलाउनुपर्ने बताए । हालसम्म भएका विभिन्न व्यवस्था तथा अवस्था परिवर्तनमा पनि पत्रकारको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै चौहानले क्रियाशील युवा पत्रकार मञ्चलाई पनि नामजस्तै क्रियाशील रहन सुझाव दिए । मञ्चले गरेको सम्मानले समाजप्रतिको जिम्मेवारी थप भएको बताउँदै उनले मञ्चसँग मिलेर सामाजिक काममा सहकार्य गर्ने प्रतिबद्धता जनाए । सोही क्रममा प्रमुख चौहानले पोखरिया नगरपालिकालाई राजनीतिक एवम् आर्थिक रुपमा दलहरुले उपेक्षा गर्दै आएको आरोप लगाए । पोखरिया नगरपालिका भित्रका सम्भावनाहरुलाई कलममार्फत उजागर गर्न पनि उनले आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News