अपडेट 
२०७९ असार १९, आईतवार ११:२८

नेपाल सुनचाँदी महासंघे आज आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको जानकारी दिएको छ ।

महासंघले आजको बजार मूल्य तोक्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ३०० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । गत साताको शक्रुबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ कायम थियो ।

Comment


Related News

Latest News

Trending News