२०७९ असार २०, सोमबार ०६:४६

विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी(जसपा)नेपाल फेरि एकबद्ध रहने भएको छ ।संघीय परिषद् का अध्यक्ष डा.बाबुराम भटट्राई हतारिएर अलग्गिने निर्णय गरेपछि उनी एक्लिएका छन् । पार्टी विभाजनका लागि भटट्राईले अध्यक्ष उपेन्द्र यादवलाई भेटेर आग्रह गरेका थिए । यादवले पनि सहमतिमै पार्टीबाट अलग्गिन उनलाई उपयुक्त वातावरण बनाइदिने वचन दिएका थिए ।

पार्टी फुटाउने निर्णयमा पुगेका भटट्राई एक्लिएका छन् ।उनलाई साथ दिइरहेका कृषि मन्त्री महेन्द्र यादव, पूर्व मन्त्री राजकिशोर यादव लगायतले छाडेका छन् ।भटट्राईका साथ यादव लगायतका समूहले छाडेपछि उनी जसपाबाट एक्लै अलग्गिने तयारी गरेका छन् । भटट्राईको विभाजन मिसन असफल भएसँगै जसपा विभाजनको प्रक्रिया मत्थर भएको छ ।जसपाबाट अलग्गिने एक्ला सांसद भट्टराई नै हुने छन् ।महेन्द्र यादव, राजकिशोर यादव लगायतले साथ नदिने भएपछि उनी एक्लै पुराना नयाँ शक्ति पार्टीका समर्थकहरुसहित छुट्टिने छन् । अध्यक्ष यादवले पनि भट्टराईलाई पार्टीमा राख्न इच्छुक देखिएका छैनन् ।भट्टराई गएपछि पार्टीको संघीय परिषद् र दुई अध्यक्षीय प्रणालीलाई विघटन गरिने छ ।वीरगञ्जमा हुने असार २७ र २८ गतेको केन्द्रीय समितिको बैठकबाट विधान संशोधन गरी पार्टीमा एकल अध्यक्षीय प्रणाली र संघीय परिषद्लाई हटाइने छ । भटट्राईलाई साथ दिदै आएका महेन्द्र यादवले उनी हतारिएर पार्टी विभाजनको निर्णय लिएको बताएका छन् ।‘जसपा बनाउन हामी पनि लगानी गरेका छौ’ उनले भने, पार्टी विभाजनको सबालमा हामी भटट्राईसित सहमत छैनौ ।विभाजन गर्ने उनको एकल निर्णय रहेको यादवले बताए । भटट्राई समूहको आन्तरिक बैठकमा नेता यादवले ‘हतारमा निर्णय गरेको’ गुनासो गरेका हुन् । डा.भट्टराईले ‘सहमतिमै पार्टीबाट अलग हुने’ निर्णय गर्नु अघिसम्म यादवले उनलाई साथ दिएका थिए ।

अध्यक्ष उपेन्द्र यादवसँग विदा भएर आएपछि भट्टराई एक्लिएको यादवले बैठकमा धारणा राखेको स्रोतले जनाए । ‘उपेन्द्र यादव अत्यन्त दबाबमा आएको र मन्त्री हेरफेरले ठूलो विद्रोह निश्चित थियो’ यादवले भने, तर बाबुरामजीले हतार गरेर पार्टी अलग्गयाउने आफ्नो निर्णय सुनाउनु आत्मघाती कदम थियो । पार्टी भित्र अल्मतमा परेका अध्यक्ष यादवलाई भटट्राईको हतारिएको कदमले जीवनदान मिलेको उनले बताए । मन्त्री यादवको पक्षमा नै पूर्व मन्त्री समेत रहेका कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले धारणा राखेका हुन् । उनी पनि बाबुरामको पछिल्लो कदमप्रति सन्तुष्ट छैनन् । भट्टराईले जसपा छाड्ने निर्णय गर्न नहुने उनको कथन छ । ‘जसपा बनाउन आफूहरुको पनि उत्तिकै मेहनत र योगदान रहेको छ’ उनले भने, त्यतिबेला आफूहरुले साथ नदिएको भए आज उपेन्द्र यादव जसपाको अध्यक्ष हुँदैन्थे। ‘जसपा उपेन्द्र यादवको मात्रै पार्टी हो भने जसरी यताबाट छाड्ने काम भयो’ पूर्व मन्त्री यादवले भने, ‘पार्टीभित्र विवाद छ भने त्यसलाई त्यहीँ संघर्ष गरेर हुन्छ कि छलफल गरेर हुन्छ कि समाधान गर्नुपथ्र्यो । पार्टी विभाजन मधेशलाई घाटा हुने जिकिरगर्दै उनले भने, जसपा विभाजनको अवस्था हाल रहेको छैन् ।करिब ८ महिनादेखि जसपामा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष भट्टराईबीच द्वन्द्व चल्दै आएको छ । यसैबीच भट्टराई पक्षले छुट्टै भेला बोलाउने तयारी गरेको छ । अध्यक्ष यादवले केन्द्रीय कमिटी बैठक बोलाएको समय पारेर भेला गर्ने नेताहरुले बताएका छन् ।

पार्टीमा विवाद चलिरहेका बेला संघीय परिषद् अध्यक्ष भट्टराई र कार्यकारिणी अध्यक्ष यादवबीच गत बुधबार भेट भएको थियो । अध्यक्ष यादवले वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।त्यसमा भटट्राई भाग नलिने बताइएको छ । भट्टराई पक्ष बैठकमा नजाने तयारीमा छ । डा. भट्टराई स्वयं अब यादवसँग मिलेर जान सकिन्न भन्ने निष्कर्षमा पुगेको उनी निकट नेताहरुले बताएका छन् । गोरखा काठमाडौं सम्पर्क मञ्चको शनिवार भएको कार्यक्रममा पार्टीमा देखिएको समस्याबारे भट्टराईले जसपामा उन्नत, समावेशी लोकतन्त्रको अभ्यास नभएको र सानो, क्षेत्रीय र त्यसमा पनि एउटा जातको पार्टी जस्तो बनेको आरोप लगाए । ‘अब नयाँ अभियानमा अगाडि बढ्नुपर्छ’ उनले भने, आवश्यक पर्दा एउटा भेला नै गरेर अगाडि जानुपर्छ ।’

Comment


Related News

Latest News

Trending News