२०७९ असार २०, सोमबार ०८:५७
जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभा बैठक सोमबार बस्नेभएको छ ।
प्रदेश सभाको बैठक दिउसो १ बजे बोलाइएको छ । बैठकमा बजेटमाथि छलफल हुने कार्य सूची राखिएको छ । सरकारले बजेट ल्याएको १९ दिनपछि आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमाथि छलफल हुन लागेको जनाइएको छ । असार १ गते सरकारले ४६ अर्व ८८ करोड ९ लाख ४६ हजारको बजेट विनियोजन गरेको थियो । आर्थिक विनियोजन विधेयक ०७९/८० सभामा अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले सोही दिन पेश गरेका थिए । यद्यपि विधेयक सभाबाट पास भएको छैन् । बजेट माथिको छलफल सकेपछि पास गर्ने प्रस्ताव गर्ने कार्य सूची राखिएको छ । बजेट पास भएपछि अन्य विधेयकमाथि पनि छलफल हुने बताइएको छ ।



