२०७९ असार २०, सोमबार ११:५३

जनता समाजवादी नेपाल पार्टीवाट सिफारिस भएका तीन जना मन्त्रीको सपथ सम्भवतः आजै हुने भएको छ ।

आइतवार साँझ अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र श्रेष्ठलाई थमौती गर्दै तीनजना नयाँ अनुहारलाई मन्त्रीमण्डलमा सिफारिस गरेलगत्तै सोमवार नै सपथ गराउन लागिएको हो ।

‘मन्त्रीका लागि तीन जनाको सिफारिस प्रधानमन्त्री कार्यालयमा आएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भन्नुभयो, ‘सम्भवतः आजै सपथ हुनेछ ।’ उहाँका अनुसार अध्यक्ष यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरी तीन मन्त्री  फिर्ता बोलाउने र उक्त स्थानमा तीनजनालाई मन्त्री बनाउने पत्र पार्टीका तर्फवाट बुझाउनुभएको छ ।

राजेन्द्र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयमा थमौती गर्दै भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदिप यादवलाई सिफारिस गरिएको छ । सो सिफारिसँगै भौतिक मन्त्री रेणुकुमारी यादव, कृषी मन्त्री महेन्द्रराय यादव र वन मन्त्री रामसहयाय यादव फिर्ता हुनेछन् ।

please follow us for more news and information.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News