सोमबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेशसभाको बैठकमा असारे विकासको नाममा अनियमितताको विषय उठाउँदै छानविनका लागि समिति गठन गर्न माग गरेपछि सभामुख रायले उपसभामुख उपमा कुमारी देवको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको छ । ।
सभामुख रायले १५ दिन भित्रमा प्रतिवेदन पेस गर्ने गरि उपसभामुख देवको संयोजकत्वमा समिति गठन गरेका हुन् । यस समितिले रकमान्तर, स्थानीय तहमा दिएको अनुदान रकम, जनता आवास कार्यक्रम र भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा लगाइएको ताल्चालगायत विषयमा अनुगमन तथा छानविन गरि १५ दिनमा सभामुख समक्ष प्रतिवेदन पेस गर्नेछन् ।
समितिको सदस्यहरुमा विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह रहेकी छन् ।


