२०७९ असार २१, मंगलवार ०६:४९

सप्तरीमा मिटरब्याजी र मिटर ब्याजले सर्वस्व गुमाउनेको ग्राफ बढ्दै गएको बेला सोमवार थप पीडितहरु सार्वजनिक भएका छन् ।

राजविराज ७ का साहुकार प्रभु साहको ऋणको फन्दामा सर्वस्व गुमाउन लागेका राजविराज ६ निवासी ओम प्रकाश क्षेत्री र उनकी पत्नी सीता न्यायका लागी माग गरेका छन् । क्षेत्री दम्पतीले सोमवार पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी सहयोगको याचना गरेका छन् । आपूmहरुले लिएको ऋण तेब्बर ब्याजसहित चुक्ता गर्दा समेत ऋण लिँदा गरिएको कागज फिर्ता नगरिएको र बस्दै आएको एउटा मात्र घर पनि खाली गर्न साहले दवाव दिदै आएको उनीहरुको आरोप छ । क्षेत्री दम्पतीले आपूmहरु छोरीको विवाहका लागी साहबाट १० वर्ष अघि पटक पटक गरी २ लाख ५० हजार रुपैया ऋण लिए पनि तेब्बरको कागज बनाएर फसाएको गुनासो समेत गरे । आपूmले लिएको भन्दा धेरै रकम चुक्ता गरिसके पनि अहिले १७ लाख ३८ हजार ५ सय १७ रुपैयाँ थप रकम नदिए सम्म कागज फिर्ता नगर्ने साहले अडान लिएको ओम प्रकाशले बताए । यसबारे टोलमा वसेको पञ्चायतले साह परिवारलाई राखी ९ लाख ५० हजार थप दिए कागज फिर्ता गरिदिने सहमती भए पनि सो रकमको व्यवस्था गरी कागज फिर्ता लिन जाँदा साह परिवारले दिन नमानेको र उल्टै गाली बेईजती गरी फर्काइ दिएको सीताले रुदै सुनाइन । क्षेत्री दम्पतीले आफूहरु विश्वास गरेर ऋण लिएर साह परिवारले भने जस्तै कागज गरिदिए भन्दै उनीहरुले भने “अहिले फसेर घर न घाटका भएका छौं ।” क्षेत्री दम्पतीले न्यायका लागी जिल्ला प्रशासन कार्यालय सप्तरीमा ३ दिन अघि निवेदन पनि दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले सोही दिन सक्कलै निवेदनसहित राजविराज नगरपालिकाको न्यायिक समितीलाई पत्राचार गरी उक्त विषयमा आवश्यक पहल गर्न अनुरोध गरेको पीडित क्षेत्री दम्पती बताउँछन । नगरपालिका कार्यालयको न्यायिक समितिमा सो निवेदन दर्ता भईसकेको छ, ओम प्रकाशले भने “न्यायको पर्खाइमा छौं ।” उनीहरुले पञ्चायतमा भएको सहमती अनुसारको रकम तिर्न तयार भएपनि धितो वापत झुक्याएर मालपोत कार्यालयमा लिखत पास गरिएको जग्गा फिर्ता गर्न साह नमानेकाले सहयोगका लागी सवै संग याचना गरेका छन् । यस अघि मिटरब्याजीहरु कै कारण सप्तरीको छिन्नमस्ता बरही विरपुरका २५ वर्षीय संजीव मिश्र गत मंसिर २ मा राजविराजको एक होटलमा आत्महत्या नै गरेका थिए । जिल्लाकै मिटरब्याजी खडक नगरपालिकाका साहुकार रामदेव साह र कञ्चनरुप नगरपालिकाकी मिटरब्याजी साहुकार सरीता ठाकुरको मिटर ब्याजमा फसेर घरबार विहीन भएकाहरु अहिले दिनहुँ जसो सडक प्रर्दशन गर्न थालेका छन् । सप्तरीमा मिटर ब्याजमा फसेका सूचि लामो बन्दै गएको छ । सक्नेले सामाजिकस्तर मै कुरा मिलाउँछन भने नसक्नेहरुले यसरी नै सडकमा आएर न्याय खोज्ने गरेको पाइएको छ । समस्या टार्ने पाइने आसमा ऋणीहरु चर्काे ब्याज तिर्न तयार हुने र पछि यहि विषय अपराधका रुपमा बाहिर आउने गरेको पाइएको प्रहरीको भनाइ छ । समस्यामा परेकाहरुबाट नक्कली तमसुक बनाई चर्काे असुली गरेर उठिवास नै गराउने कसुरमा हाल २ जना मिटरब्याजी प्रहरी हिरासतमा रहेको र उनीहरु उपर ठगी तथा विश्वासघात कसुरमा मुद्दा अनुसन्धान भइरहेको डिएसपी माधव प्रसाद काफ्ले बताउँछन ।

यसैबीच सोमबार नै ओमप्रकाशको उजुरी उपर सक्रियता देखाउँदै प्रहरीले प्रभु साहलाई झिकाएर आवश्यक सोधपुछ गरेको छ । पीडित ओमप्रकाशका अनुसार छलफलमा प्रहरी उपरीक्षक अविनारायण काफ्लेले दुई दिनभित्र उक्त समस्याको समाधान गर्न साहलाई सचेत गराएको छ । मिटर ब्याजका नाममा अपराधिक लाभ लिएका केही ब्यक्ती पक्राउ परे पनि यस्ता अवैध लेनदेन÷कारोबार भने रोकिएको छैन ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News