अपडेट 
२०७९ असार २१, मंगलवार १०:३६

भारतमा कोरोना भाइरसको सङ्क्रमण दर दैनिक रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १६ हजार १ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

भारतमा अहिले कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३५ लाख १८ हजार ५ सयभन्दा धेरै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २४ जनाले ज्यान गुमाएका छन् । भारतमा १ लाख १३ हजार ८ सय ६४ जना सक्रिय सङ्क्रमित छन् । केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दो छ । भारतमा कोरोनाका कारण अहिलेसम्म ५ लाख २५ हजार २ सय २३ जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।

भारतमा सन् २०२१ को जनवरीदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । अहिलेसम्म १ अर्ब ९६ करोड ८६ लाख डोजभन्दा बढी खोप लगाइएको छ ।

Comment


Related News

Latest News

Trending News