२०७९ असार २१, मंगलवार १२:२७
रामेछापको बेथानमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।
मंगलवार हिवान बेथानबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको हो । बा३ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका १ लुभुघाट नजिकै दुर्घटना भएको डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो ।
दुर्घटनामा ९ जनाको मृत्यु भएको पुष्टि भएको उहाँले बताउनुभयो । प्रहरी टोलीले उद्धार कार्य जारी राखेको र २५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ ।


