![](https://ejanakpurtoday.com/wp-content/uploads/2022/07/sanjay-mitra.jpg)
अब वर्षाको सिजन सुरु हुँदैछ । वर्षाले हरेक वर्ष धेरै जन धनको क्षति पु¥याउने गरेको छ । यसवर्ष वर्षाको समयमा केहीनहोओस् र जनधनको क्षति वर्षाले नपु¥याओस् भनेर सबै पक्ष सचेत हुनु आवश्यक छ । सबैको सचेतनाले बर्षा, बाढी र डुबान तथा कटानबाट हुने क्षतिलाई न्युनगर्न सकिने विश्वास लिन सकिन्छ । बाढीबाट हुने क्षतिलाई न्युनगर्न सबै पक्ष सचेत हुनु जरुरी छ तर स्थानीय सरकारको सचेतनातथा सक्रियताले विशेष सकारात्मकप्रभावपार्ने निश्चित देखिन्छ । स्थानीय सरकारले नै बाढी, डुबान र कटानलाई रोक्न पूर्ण सक्षम हुन्छ भन्ने होइन । कतिपयनदीहरु त् स्थानीय सरकारको पहुँचभन्दा धेरै माथिपनि रहेको देखिएका छन् । यसै गरी नदीको सिमाना सम्बन्धित पालिकामा नपर्ने तर नदीमा पानीको उफान आएपछि अर्को पालिकामा बाढीले डुबानमा पार्ने समस्या पनि रहेको देखिएको छ । यस अवस्थामा जिल्ला समन्वय समिति र प्रदेश सरकारले समन्वय गर्नुपर्ने हुन्छ र कतिपय नदीको नियन्त्रण गर्न केन्द्र सरकारले सकारात्मक पहल नगर्ने हो भने स्थानीय सरकारबाट कुनै पनि हालतमा सम्भवहुने देखिँदैन ।
हरेक वर्ष बाढी र डुबानका साथै कटानले कसरी क्षति पु¥याइरहेको हुन्छ भन्ने कुरो स्थानीय सरकारको नेतृत्व गरिरहेकाले बुझेकै हुनुपर्छ । कतिपय ठाउँमा पानीको निकास नभएर पनि समस्या हुने गरेको छ । पानीको निकासमा अस्थायी समाधानले पनि काम गर्न सक्छ तर डुबानको समस्यालाई भने फरक किसिमले विचार गर्नु उचित हुन्छ । डुबानबाट बचाउनको लागिपूर्व तयारी गर्नु आवश्यक हुन्छ । डुबानमा यदि कसैको घर पर्दछ वा घरमा पानी पस्दछ भने त्यसबाट तत्काल र लामो समयको लागि प्रभाव पर्ने हुन्छ । घरमा बाढीको पानी पसेपछि घर कमजोर हुने हुन्छ भनिन्छ । यसै गरी बाढीले कहिलेकाही बाहिरबाट मुसावा सर्प पनि ल्याउने हुन्छ । बाढीबाट घरका केही सामान पनि बिग्रने हुन्छन् । जस्तै कतै लुकाउने ठाउँ छैन भने खाद्यान्न, लत्ता कपडा र अन्य सामग्रीहरु भिजेर बिग्रने तथा कुहिने पनि हुन्छन् । मानिसको स्वास्थ्यमा पनि असर पर्ने हुन्छ । बाढी घरमा पसेपछि कैयौँ दिनसम्म वरपरको क्षेत्र पनिगन्हाउने बन्दछ । खानेपानीको समस्या हुन्छ । मुख्य गरी वृद्ध, साना बालबालिका, सुत्केरी महिला र अन्य रोग लागेका मानिसलाई बढी समस्या हुने हुन्छ । सम्बन्धित पालिकाले एक्लैले सबै समस्या समाधान गर्न सक्छ भन्ने होइन । कतिपय अवस्थामा पूर्व तयारी गर्दा बाढी नै बस्तीमा नपस्ने पनिहुन सक्छ । कतिपय अवस्थामा बाढी पसेपछि बाढीको पानीलाई तत्काल बाहिर निकाल्न सकिन्छ । कतिपय अवस्थामा अन्न, लत्ताकपडा र अन्य सामग्रीलाई बचाउनको लागि पहल गर्न सकिन्छ । यसै गरी मानिस तथा चौपाया र अन्यधनलाई सम्भवभएसम्म बाढी र डुबानबाट जोगाउनको लागि स्थानीय सरकारले आफ्नो पहल र नेपाल प्रहरी तथा अन्य संघसंस्थाको सहयोग लिन सक्छ । रेडक्रसलाई पनि गुहार्न सक्छ । स्थानीय स्तरमा काम गरिरहेका अन्य संघ संस्थालाई पनि परिचाल नगर्न सक्छ ।
कम्तीमा तत्काल हुने क्षतिलाई न्युनगर्न स्थानीय सरकारले जतिप्रभावकारी काम अन्य कुनै पनि निकायले गर्न सक्दैन । स्थानीय सरकार आफैँमा उद्धारको लागि पूर्ण सक्षम भएकोले सबै भन्दा पहिलो दायित्व पनि यसै सरकारको रहेको छ । अहिले खासै पानी परेको छैन । पहाडमा वर्षा भएर नदीहरुमा सानो तिनो बाढी आएका छन् तर मधेस प्रदेशमा क्षति पु¥याउने किसिमले भने खासै क्षतिपुगेको छैन । जब पहाडमा पनि वर्षा हुन्छ र मधेसमा पनि वर्षा हुन्छ तब बढी समस्या हुने हुन्छ । पहाडको वर्षाले यहाँका खोला र नदीहरुमा पानी भरिएको हुन्छ र यहाँको वर्षाले बाँकी खेत तथा अन्य भागमा पानी जम्न सुरु हुन्छ र पानीले तत्कालनिकास पाउँदैनभने पानी जम्न थाल्दछ । यस्तो पानी झन् बाढीको पानी सितमिसिन पुग्दा झन् धेरै ठूलो बाढी बन्न पुग्छ र धेरै क्षति पनि पुग्ने डर हुन्छ । हरेक वर्ष प्रायः यही हुने गरेको छ । पहाडमा मात्रहुने वर्षाले त्यत्ति धेरै क्षति पु¥याएको देखिँदैन तर पहाड र मधेस दुवैतिर वर्षा भएर बाढी आउँदा भने डुबान र कटान दुवै क्षेत्रमाक्षति पुग्दछ । डुबानको कारण घरका सामान र मानिसको स्वास्थ्यलाई हानिगर्दछ भने कटानको समस्याले नदी किनारका बासिन्दालाई निकै अप्ठ्यारोमा पार्ने गरेको छ । बाढी र डुबानबाट हुने क्षतिलाई न्युनगर्न स्थानीय सरकार जस्तो प्रभावकारी काम अरुले गर्न पनि भ्याउने हुँदैन । मधेस प्रदेशका केही नदीहरुले गतहप्ताको बाढीमा पनि केही ठाउँमा कटान गरेको छ । गत हप्ता मधेसमा पनि पानी परेको छ तर खासै ठूलो पानी नपर्दा पानी प¥यो र खेतबारी सुक्यो । कतिपय जिल्लामा रोपाइँमा पनि सहयोग गरेको छ तर खेतबारीमा खासै क्षति पु¥याएको देखिएको छैन । मधेसमा भन्दा पहाडमा बढी वर्षा भएको कारणले पहाडमा केही बढी क्षति पु¥याएको देखिएको छ तर त्यही पानी नदी भएर तलतिर आउँदा नदीको सतहभन्दा माथि आउन सकेन ।
नदी भन्दा बाहिर पानी नआउँदानदीको किनारलाई कटान गर्ने काम त गरेको हो, कतिपय ठाउँमा कटानले समस्या पनि उत्पन्न गर्ने स्थिति आउन थालेको थियो तर विस्तारै पानी कमभएर गएपछि तत्कालको लागि समस्या टरेर गएको छ । समस्या टरेर गएको हो र अब यदि पानी पर्दछ र बाढी आउँछ भने कटानको समस्या फेरि पनि हुन्छ । यस कारण कटानको सम्भावितखतरामा रहेको घरपरिवार, टोल र गाउँलाई स्थानीय सरकारले पहिले नै सचेत गराउनु आवश्यक छ र सम्भवहुँदासम्म कटान नहुने वातावरण पनि मिलाउनु पर्ने आवश्यकता रहेको छ । कटानले बस्तीलाई प्रभावितपारी जनधनको क्षति पु¥याउनु भन्दा कटान हुननदिन अहिले अर्थात् पूर्व तयारी गर्नु बढी लाभकारी हुन्छ । स्थानीय सरकारले नदीको कटान भइरहने वातत्कालको लागि सम्भावित क्षेत्रको बारेमा सम्बन्धित निकायलाई जानकारी दिनु तथा सचेत गराउनु वा तयारी अवस्थामा रहन आग्रह गर्नु वा समाधानको लागि तत्काल पहल गर्नको लागि लिखित आग्रह गर्न सक्छ । मौखिक रुपमा फोन मोबाइलमा सम्पर्क गर्न वा गरिरहन सक्छ । यसलाई पनि पूर्व तयारीको एउटा अंगको रुपमा लिनु उचित हुन्छ । साथै अर्को सचेतनाभनेको सम्बन्धित वडा कार्यालयको निगरानी बढाउनु हो । जुन वडामा यस्तो डुबान वा कटानको समस्या बढी हुने सम्भावना रहेको छ, त्यस वडा कार्यालयलाई पूर्ण रुपमा यस प्रकारले सचेत परिचाल नगर्नु आवश्यक हुन्छ कि बाढी वा कटानको खतराबाट जोगाउन सकियोस् । वडाध्यक्षलाई सम्बन्धित गाउँका धेरै कुरा थाहाहुने तथा वडा सदस्यहरु धेरै हदसम्म स्थानीय विषयमा जानकार हुने हुनाले स्रोत परिचानको सम्बन्धमा पनि धेरै सहयोग हुने हुन्छ । कुन घर वा कुन परिवारलाई डुबान वा कटानको बढी खतरा छ भन्ने कुरा र कसलाई बढी सचेतना वा भौतिक सहयोगको आवश्यकता छ भन्ने कुरो स्थानीयहरुले नै बढी बुझेका हुन्छन् ।
सुरक्षाको बचावको आफ्नै स्थानीय विधि र प्रविधि हुन्छन् । आफ्नै तरिका हुन्छन् । आफ्नै किसिमले जानकार हुन्छन् जसबाट तत्काल काम चलाउन सकिन्छ तर कतिपय कुरा नितान्त प्राविधिक हुन्छन् । प्राविधिक पक्षमा भने स्थानीय सरकारले सम्बन्धित क्षेत्रको जानकारलाई परिचालन गर्नुपर्ने हुन्छ । जानकारले नै समाधान दिँदा त्यस्तो समाधान दीर्घकालीन पनि हुन सक्छ र आधिकारिक पनिहुन सक्छ । अहिलेको संरचनामा स्थानीय सरकारले स्थानीय समस्याबाट पन्छिन मिल्दैन । स्थानीय विषयमा सबैभन्दा बढी सरोकार स्थानीय सरकारकै हुन्छ र स्थानीय सरकारकै पहलमा अन्यले सहयोगी भूमिका निर्वाह गर्ने हुन्छ । जुन रुपमा स्थानीय सरकार शक्तिशाली छ, त्यस शक्तिलाई यस्ता बाढी, डुबान, कटान जस्ता प्राकृतिक प्रकोपबाट बचाउनको लागि पनि परिचालन गर्नु उचित हुन्छ । प्राकृतिक प्रकोपबाट बचाउन स्थानीय सरकारले जति सकारात्मक पहलगर्न सक्छ, त्यत्ति नै बढी प्रभावकारी काम पनि हुन सक्छ । अरुले काम गरिदिएको जस्तो हुन्छ आफैँले गर्दा आफ्नो लागि गरेको हुन्छ । यसरी डुबान र कटानबाट हुने जनधनको क्षतिलाई न्युनीकरण गर्न स्थानीय सरकारले सम्भव भएसम्म अधिकतम रुपमा आफ्नो स्रोत, साधन र शक्तिलाई परिचालित गर्नु उचित हुन्छ । आफ्नो स्रोत, साधन र शक्तिलाई जनधनको नोक्सानीबाट जोगाउन प्रयोग गर्दा एकातिर सम्बन्धित पालिकाको विकासमा सहयोग पुग्दछ भने अर्कोतिर कालान्तरमा उही जनप्रतिनिधिलाई लाभका साथै सम्मान पनि प्राप्त हुन्छ । यसको अप्रत्यक्ष फाइदा यो पनि हो किजति धेरै कमजनधनको क्षति हुन्छ, त्यत्ति धेरै फाइदा पालिकालाई हुन्छ, देशलाई हुन्छ । देशको विकासमा पनि योगदान भइरहेको हुन्छ ।
आफ्नो पालिकाको नागरिकलाई सुखी, सम्पन्न, समृद्ध र सुरक्षित बनाउनु हरेक स्थानीय सरकारको धर्म, कर्तव्य र उत्तरदायित्व हो । यसलाई जिम्मेवारी बोध गरी बाढी, डुबान र कटानको क्षतिलाई अतिन्युनबिन्दूमा झार्नु परेको छ । अहिले सबै पालिकामा नयाँ सरकार आएको छ । नयाँ सरकारले यस किसिमको प्राकृतिक विपत्तिमा सम्भव भएसम्म नयाँ किसिमले काम गर्नु परेको छ र आफ्नो पालिकालाई बाढी जन्य प्राकृतिक प्रकोपबाट जोगाउनु परेको छ । आफ्नो पालिकामा नदी र बालीले कुनै क्षति नपु¥या ओस् भनेर आजै देखि गम्भीर सचेत हुनु आवश्यक छ ।