२०७९ असार २२, बुधबार ०७:५७

जनकपुरधाम । बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थालाई महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले फर्निचरसहितका विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

बाल अधिकारको संरक्षण, बाल श्रम तथा बालबालिका बेचविखन विरुद्धको क्षेत्रमा काम गर्ने संस्था बाल हेल्पलाईन धनुषा १०९८, बाल हेल्पलाई बारा १० ९८ र बालबालिका खोजतलास सेवा केन्द्रलाई मन्त्रालयले लाखौ मूल्यबारारबको सामग्री हस्तान्तरण गरेको छ । मंगलवार महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले ती संस्थाहरुको कामकाजलाई प्रभावकारी बनाउन तथा सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले अफिस दराज, अफिस टेबल, कुर्सी, टिभी, साउन्ड सिस्टम, पानी फिल्टरलगायत विभिन्न सामग्री हस्तान्तरण गरेका छन् । मन्त्री सिंहले मंगलवार मन्त्रालयमै ती संस्थाहरुका प्रतिनिधिलाई सो सामग्री हस्तारण गरेका छन् । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुको कामकाज प्रभावकारी बनाउन तथा समयमै पीडितलाई सेवा प्रदान गर्न सकिने उद्देश्यले ती सामग्रीहरु वित्तरण गरिएको मन्त्री सिंहले बताए । बाल विवाह, बाल हक अधिकार सहितका क्षेत्रमा मन्त्रालयले प्रभावकारी रुपमा कार्यहरु बढाएको मन्त्री सिंहले बताए ।

Comment

Related News

Latest News

Trending News