संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा उपर छानबिन गर्न प्रतिनिधि सभाबाट उच्चस्तरीय समिति बनेसँगै मन्त्री शर्माले राजिनामा दिएका छन् । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह उपर बजेटमा अनियमितता गरेको लगायतका आरोप लागेपछि प्रदेश सभाले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । उपसभामुख उपमा देवको संयोजकत्वमा प्रदेश सभाको बैठकले छानबिन समिति गठन गरे पनि मन्त्री साहले त्यसलाई सहज रुपमा लिएका छन् ।
हुनत प्रदेश सभामा विपक्षी दलहरुले उनको राजिनामा माग पनि गरेको छैन् । अर्थमन्त्री साहको कमीकमजोरी बारे सत्तासीन दल जनता समाजवादी पार्टी(जसपा)का सभासद एवं पूर्व मन्त्री ज्ञानेन्द्र यादवले बोलेका छन् । विपक्षी दलका सभासदहरु रहस्यमय ढंगले मौन बसेका छन् ।समानुपातिक सभासदहरुले प्रत्यक्ष सभासदहरु सरह बजेट माग गरेका छन् ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw


