२०७९ असार २३, बिहीबार १३:२०

एक थान कटुवा पेस्तोल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–१ नम्सगराढाठ बस्ने २९ वर्षीय अनिल मुखिया र सोही ठाउँ बस्ने २५ वर्षीय गुड्डु मुखिया छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नम्सगराढाठ पोखरीको डिलमा उनीहरूले हतियार देखाई धाक धम्की दिइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News