२०७९ असार २३, बिहीबार १३:२६

बाजुराको बूढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

मतदान गर्न १०-१० जना गरेर भित्र पठाउने क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा दुई पक्षका प्रतिनिधिबीच विवाद भएको हो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार विवाद भएपछि स्थितिलाई अप्रिय हुन नदिन प्रहरीले हवाइ फायर गरेको हो । साथै अहिले शान्तिपूर्णरुपमा मतदान भइरहेको उनले बताए ।

उनका अनुसार घटनापछि केहीबेर रोकिएको मतदान १२:३५ देखि पुनः सुरु भएको छ । गत ३० वैशाखमा भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर पुनः अहिले मतदान भइरहेको छ ।

अहिले १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वको टोली परिचालन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News