२०७९ असार २३, बिहीबार १४:२०

राष्ट्रियसभामा २ विधेयक पेश गरिएको छ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक-२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम) विधेयक-२०७९ पेश गरेका हुन्।

यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाए। यही असार २० गते प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेका थिए। राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले मन्त्रिपरिषद् सदस्यको नाम पढेर सुनाएका थिए।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment

Related News

Latest News

Trending News