२०७९ असार २४, शुक्रबार ०७:०५

ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा एकै परिवारका चार महिलासहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ घर भई हाल राजविराज नगरपालिका ८ बसोवास गर्दै आइरहेका ३३ वर्षीय धनविर साह, उनका २२ वर्षीया श्रीमती सरिता, २५ वर्षीया साली रञ्जु, २२ वर्षीया साली अर्चना र ५५ वर्षीया सासु अमेरिका देवी रहेका छन् । बुधबार साँझ पक्राउ परेका उनीहरुलाई बिहीबार सप्तरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग शीर्षक मुद्दामा म्याद थप गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । प्रहरीका अनुसार यही असार १४ गते बिहान ६ बजेतिर बलान बिहुल गाउँपालिका ८ घर भई हाल राजविराज नगरपालिका ८ मै बसोवास गर्दै आएका बिजय यादवको श्रीमती सञ्जु, छोरी पिंकी र किरणमाथि साह परिवारले सांघातिक आक्रमण गरेका थिए ।

घरेलु हतियारले टाउको लगायत शरीरको संवेदनशील अंगमा प्रहार गरेपछि गम्भीर घाइते भएका उनीहरु अहिले पनि उपचारकै क्रममा रहेको प्रहरीको भनाई छ । गम्भीर घाइते भएकाहरुको तर्फबाट संजुका श्रीमान् बिजय यादवको जाहेरीले वादी नेपाल सरकारकोतर्फबाट चलाइएको ज्यान मार्ने उद्योग शीर्षक मुद्दामा पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News