२०७९ असार २४, शुक्रबार ०७:१२

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतोले मुख्यमन्त्री (सीएम)लाल बाबु राउतमाथि व्यङ् ग्यगर्दै उनी ‘अलराउण्डर मन्त्रालय’ भएको बताएका छन् ।

प्रदेशसभाको विहीबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले भने, मुख्यमन्त्री ‘अलराउण्डर मन्त्रालय’ हो । ‘मुख्यमन्त्री कार्यालय हो की अलराउण्डर मन्त्रालय ?,’ उनले प्रश्न गर्दै भने,‘यस कार्यालयमा कुनै काम छुटेको छैन् । सबै मन्त्रालयले गर्ने कामको योजना यो कार्यालयमा राखिएको छ ।’ शौर्य उर्जा, सौन्दर्यकरण, स्वच्छता लगायतका योजना भौतिक पूर्वाधार मन्त्रालयमा हुनुपर्ने तर मुख्यमन्त्री कार्यालयमा राखिएको उनले आरोप लगाए । ‘साइकलको अपार सफलता पछि ल्याइएको ल्यापटप वितरण योजना पनि यही कार्यालयमा छ’ उनले भने, ‘यसरी मन्त्रालयको जिम्मेवारी खोसेर एकल मन्त्रालय कुन आधारमा चलाइरहनु भएको छ ?, यसैको लागि संघीयता आएको हो ?’ मन्त्रालयका मन्त्रीहरुसँग कार्य विभाजन गर्न उनले अनुरोध गरे । ल्यापटप वितरण कार्यक्रमले विद्यार्थीमा मानसिक यातना पैदा हुन सक्ने उनले तर्क प्रस्तुत गरे । ‘ कक्षा १२ को छात्रालाई मात्रै ल्यापटप वितरणको कार्यक्रम ल्याइएको छ । पहिला साइकल वितरण पनि यसै अनुरुप भएको थियो,’उनले भने,‘यस प्रकारको कार्यक्रमले उपलब्धिभन्दा बढी घाटा हुन सक्छन् । त्यसकारण सबैलाई पुग्ने योजना मात्र ल्याउनुस् ।’ नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले सबैभन्दा बढी त्रुटि मुख्यमन्त्री कार्यालयको योजनामा देखिएको बताए । १४ करोडको एउटा तालिमको योजना रेडबुकमा उल्लेख गरिएकोप्रति उनले मुख्यमन्त्रीसँग जवाफ मागे । ‘यो साच्चिकै हो कि त्रुटि छ ?

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News