२०७९ असार २४, शुक्रबार ०७:४०

प्याजको बोरा भित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको १० लाख नेपाली रुपैयाँ सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा ६ चमना टोल स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको बि.आर ०५ यू ५१६५ नम्बरको गल्यामर मोटरसाईकललाई सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि.रामपुरखाप रौतहटबाट खटिईएको टोलीले चेकजाँच गर्ने क्रममा भारतको मोहम् साहिद मार्ग मुम्बई सेन्ट्रल महाराष्ट्र बस्ने २६ वर्षीय मोहम्मद कमरे आलमले प्याज राखेको बोरामा लुकाई छिपाई ल्याउँदै गरेको रकमको श्रोत नखुलेको दश लाख र भारतिय रुपैया बाह्र हजार पाँच सय नगद बरामद सहित सशस्त्र प्रहरी रामपुर खापले पक्राउ गरेको हो । रामनगर हुदै जयनगर जाँदै गरेको गल्यामर मोटरसाइकललाई शंका लागि जाँच गर्दा रकम सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट श्रोत नखुलेको नेपाली दश लाख बरामद गरिएको रामपुर खाप सशस्त्र प्रहरी बल रौतहटका प्रहरी उपरीक्षक ध्रुब कार्कीले जानकारी दिए । रकम सहित पक्राउ परेका मोहम्मद विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए । पक्राउ परेका व्यक्ति एक हुण्डी कारोबारी रहेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । पक्राउ परेका व्यक्ति र नगद सहित भन्सार कार्यालय थप्प अनुसन्धानको लागि बुझाईएको छ । यस अघि पनि धनुषामा आलुको बोरा भित्र करिब एक करोड नेपाली रुपैयाँ ल्याउँदै गरेको अवस्था दुई जना पक्राउ परेका थिए

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News