अपडेट 
२०७९ असार २४, शुक्रबार १६:३४

नेपालमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६१ पिसिआर परिक्षणका क्रममा ८३ जना र १ हजार ९३ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय २५ जना निको भएका छन् । हाल नेपालमा ५ सय ६४ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News