२०७९ असार २४, शुक्रबार १६:३७

संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय गरेको छ । बालिगको हकमा विद्यमान व्यवस्थामा एक वर्ष र नाबालिगको हकमा दुई वर्ष बढाउन सहमति भएको हो ।

समितिले जुटाएको सहमितअनुसार अब कुनै पनि बलात्कारमा परेका नाबालिगले बालिग भएको (१८ वर्ष पूरा भएको) तीन वर्षपछि अर्थात् २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्नु पाउनेछन् ।

बालिगको हकमा घटना भएको दुई वर्षभित्र उजुरी गर्नुपर्नेछ ।

समितिमा केही दिनदेखि यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथिको छलफल चलिरहेको थियो । छलफलमा सहभागी केही सांसदले हदम्याद हटाउनुपर्ने माग राखेका थिए ।

महिला अधिकारकर्मीहरूले  पनि हदम्याद हटाउनु माग गर्दै आएका थिए ।

Comment


Related News

Latest News

Trending News