शी लिडर्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत रौतहट जिल्लाको वृन्दाबन नगरपालिकामा संचालित ४ दिवसीय निर्वाचित महिला प्रतिनिधिहरुको लागि प्रारम्भिक प्रशिक्षण दोस्रो मोड्युल कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
आस्त्रेलियन एड र स्विस सरकार विकास सहयोगको आर्थिक सहयोग एवम् आइएफइएसको प्राविधिक सहयोग तथा माण्डवी रौतहटको आयोजनामा वृन्दाबन नगरपालिकाको हर्षाहामा रहेको बतहु मावि मा संचालत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख विनिद पटेलले उद्घाटन गरेको सो प्रशिक्षण कार्यक्रममा १९ जना महिलाको सहभागिता रहेको कार्यक्रम अनुगमन अधिकृत रिंकु चौधरीले जानकारी दिएका छन् । स्थानीय तहको निर्वाचन अघि देखि सुरु भएको कार्यक्रम दोस्रो चरणमा संघीय र प्रादेशिक निर्वाचन लाई मध्य नजर गर्दै दोस्रो मोड्युल सुरु गरिएको चौधरीले बताईन । स्थानीय तह सदस्य निर्वाचनमा महिलाहरुको नेतृत्व विकास सहभागिता र मतदानको विषयमा दिइएको जानकारीलाइ पुनर्ताजगी गर्न तथा न्या महिलाहरुलाई राजनीतिक क्षेत्रमा आफ्नो आधिकार सुनिश्चित गर्ने उदेश्यले प्रशिक्षण कार्यक्रम संचालन गरिएको अनुगमन अधिकृत चौधरीले बताए ।
प्रशिक्षण कार्यक्रममा निर्वाचित महिला तथा राजनीतिक क्षेत्रबाट बाहिर रहेकी महिलाहरुलाई सहभागी गराइएको थियो । सहभागी हरुलाई पुनम ठाकुर र संजय यादवले विभिन्न विषयमा जानकारी प्रशिक्षकको रुपमा गराएको आयोजक सस्थाले जनाएको छ । महिलाहरुलाई समान रुपमा सहभागित , सवलिकरण र सशक्तिकरण बनाउनको लागि यस्तो कार्यक्रम रौतहट जिल्लामा संचालन गरिएको आयोजक सस्थाले जनाएको छ ।


