
बैंक तथा वित्तीय संस्थामा तरलताको कारणले उद्योग व्यवसाय धरापमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् ।
उद्योग वाणिज्य संघ सप्तरीले राजविराज स्थित आफ्नै सभाकक्षमा सरोकारावालालाई राखेर गरेको छलफलमा उद्योगी व्यवसायीहरुले यस्तो गुनासो गरेका छन् । छलफल कार्यक्रमका अधिकांश सहभागीले कोरोनाका कारण समस्यामा परेको व्यापार व्यवसाय फस्टाउन नपाउँदै अहिले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावले झनै संकटमा परेको दुखेसो पोखे । “यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्था र सरकारले गर्नुपर्ने सहयोग आपूmहरुले पाउन नसकेको तथा कतिपय उद्योगी व्यवसायी समयमै बैंक तथा वित्तीय संस्थामा रहेको ऋण र ब्याज चुक्ता गर्न नपाइ उठिवास हुने स्थितीमा पुगेको कार्यक्रममा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवालले बताए । बैंकहरुबाट ऋण र ब्याज चुक्ताका लागि निकै दबाब आउन थालेपछि यहाँका कतिपय व्यवसायी विस्थापित हुने र कतिपय आत्महत्या सम्म गर्ने भन्दै आफ्नो सम्पर्कमा आउन थालेको जानकारी दिदै उनले कार्यक्रममा सहभागी विभिन्न बैंकका प्रबन्धकहरु संग यस्तो कडाइ नगर्न आग्रह गरेका थिए । उनले समस्यामा परेका त्यस्ता उद्योगी र व्यवसायीको घर जग्गा लिलाम तथा कालोसूचीमा राख्ने काम नगरिदिन र थप केही समय सीमा दिएर उद्योगी व्यवसायीलाई जोगाउन अपिल समेत गरे ।

उनले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावको फाइदा केही मिटर ब्याजीले उठाउने गरेको र मिटर ब्याजको चक्रव्यूहमा फंसेर जिल्लाका एक दर्जन भन्दा बढी उद्योगी व्यवसायीहरु घरबार बेचेर पलायन हुने अवस्थामा पुग्न लागेको जानकारी पनि दिए । अध्यक्ष अग्रवालले बंैक तथा वित्तीय क्षेत्रमा भएको तरलता अभावका कारण नयाँ उद्योगमा लगानी विस्तार हुन नसकेको र भएको उद्योग धन्धा पनि बन्द हुने अवस्थामा पुगेको भन्दै तरलता समस्या सामाधानका लागि आवश्यक पहल गर्न बैंक तथा वित्तीय संस्था र सरकारले अविलम्ब ध्यान दिनु पर्नेमा जोड दिए । संघका महासचिव अमृत संचेतीले बुआ विरामी परेको बेला बैंकबाट तत्कालै ऋण नपाउँदा स्थानीय एक सहकारी संस्थाको विश्वासमा परी मिटर ब्याजको चक्रमा फसेको र सोही कारणले बहुमूल्य जग्गा विक्री गर्नु परेको दुखेसो सुनाए । यस्तो अवस्था अरु साथीभाइहरुलाई पनि न परोस भन्ने विचार राख्दै उनले बैंकहरुलाई प्रकृया पु¥याएर आउनेहरुलाई छिठो छरितो ढंगले ऋण उपलब्ध गराई सहायोग गरिदिन आग्रह गरे । उद्योग बाणिज्य संघका सञ्चालक सदस्य सचिन्द्र दासले कोरोनाका कारण संकटमा परेको व्यापार व्यवसाय सो संकटबाट मुक्त हुन नपाउदै अहिले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको अभावले झनै संकटमा फसेको भन्दै उद्योगी व्यवसायीलाई सबल बनाउन आवश्यक मौद्रिक नीति मार्फत समस्याको हल खोज्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा अधिकाँश र्बैंकका प्रबन्धकहरुले उद्योगी व्यवसायीले ब्यापार व्यवसाय प्रयोजनका लागि ऋण लिने र पछि गएर सो रकम जग्गा खरिद, मिटरब्याज र साहुमाहाजनसंग लिएको ऋण लगायतका काममा प्रयोग गर्ने गरेरेको पाइएको गुनासो सुनाउदै त्यस्ता गतिविधि रोक्न सबै संग आग्रह गरे । कार्यक्रममा सनराईज बैंकका प्रबन्धक मुकेश साह, एभरेष्ट बैंकका विक्कि कडेल, कामना सेवा विकास बैंकका सुर्यनारायण मुखिया, सानिमा बैंकका प्रशान्त गजुरेल, सिद्धार्थ बैंकका संतोष साह, कुमारी बैंकका राहुल गुप्ता, प्रभु बैंकका अशोक निरौला, कृषि विकास बैंकका संजिव शर्मा, आईडियल सहकारी संस्था लि.का गणेश कुमार आश, नेपाल सहकारी संस्था ली.का सत्रुघन गुप्ता, जिल्ला सहकारी संघका रमेश गुप्ता लगायतले बैंक तथा वित्तिय क्षेत्रमा भएको तरलता अभावका कारण उत्पन्न समस्या र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीहरुले उठाएका विषयलाई आपूmहरुले सकारात्मक रुपमा लिएको र माथिल्लो निकायमा कुरा पु¥याइ आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।