अपडेट 
२०७९ असार २५, शनिबार १६:४७

भारतको अमरनाथको पवित्र मन्दिर नजिकै बाढीमा परी १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना वेपत्ता भएका छन् ।

भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घटनामा परेर बेपत्ता भएकाहरुको खोजी तथा उद्दारका कार्य तीव्र गतिमा सञ्चालन गरिएको जनाएको छ ।

एकसय जनाभन्दा बढी उद्धारकर्तासहितको चारवटा टोली घटनास्थलमा परिचालन गरिएको र हराएकाको खोजी जारी रहेको जानकारी दिँदै उक्त बलले वर्षा जारी रहे पनि उद्वारमा कुनै कठिनाइ नभएको बताएको छ ।

भारतीय वायु सेना, बीएसएफ, एसडीआरएफ, सीआरपीएफ र अन्य निकायले उद्धारका काम जारी राखेका छन् । चण्डीगढ र श्रीनगरमा वायु सेनाका हेलिकप्टर उद्धार उडान गर्न तत्परस्थितिमा रहेका छन् ।

अमरनाथ गुफा नजिकको स्थान जलमग्न भएकाले यात्रीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पानीको निकास तथा पहिरो प्रभावित सडक खोल्न सुरक्षा अधिकारी पनि परिचालन भएका छन् ।

Comment


Related News

Latest News

Trending News