रौतहटमा शनिवार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कटहरिया नगरपालिका–४ हर्षाहा स्थित सडकमा शनिवार विहान ना.४ त ४१४२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक गरुडा नगरपालिका–६ पोठियाही बस्ने २५ वर्षीय सैफुल्ला मियाको मृत्यु भएको प्रहरीले जनाएको छ । हर्षाहाबाट कटहरियातर्फ जाँदै गरेको उक्त ट्याक्टर हर्षाहा स्थित लालबकैया नदिको बाँधबाट १० फिट तल खेतमा पल्टेको थियो । खेतमा पल्टेर दुर्घटना भएको ट्याक्टरबाट च्यापिएर चालक मियाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक डिएसपी बरुण बहादुर सिंहले जानकारी दिएका छन । दुर्घटनाको कारण खुल्न नसकेपनि तीव्र गतिका कारण ट् याक्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको डिएसपी सिंहले बताए । मृतक चालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको र घटना बारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

