अपडेट 
२०७९ असार २७, सोमबार ०६:४३

मधेश सरकारको झण्डै आधा बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले विनियोजित गरेको कुल बजेट मध्ये ४९ प्रतिशत फ्रिज भएको हो । कुल विनियोजित मध्ये ५१ प्रतिशत अर्थात १७ अर्व ७६ करोड ३२ लाख ७८ हजार ४ सय ४९ रुपैयाँ मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख राधेश्याम गिरिले जनाएका छन् ।

आर्थिक वर्ष ०७८/७९ को लागि सरकारले कुल ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको थियो । चालुतर्फ १५ अर्ब ६३ करोड ३३ ला ख ४७ हजार ल्याएकोमा यसतर्फ ६१ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८ हजार बजेट विनियोजन भएकोमा मात्र ४३ प्रतिशत बजेट खर्च भएको प्रमुख गिरिले बताए । कुल विनियोजित बजेट मध्ये सरकारको आधा बजेट यसपालि पनि फ्रिज भएको हो । चालु वर्षमा महालेखा परीक्षकको कार्यालयले असार २५ गते सम्म भुक्तानी लिइसक्न निर्देशन दिएका थिए । सो निर्देशन अनुसार शनिबार सम्म काम भएको ५१ प्रतिशत बजेट भुक्तानी दिइएको छ । यस वर्ष भौतिक पूर्वाधार, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयले गत वर्षको तुलनामा कम बजेट खर्च गरेका छन् । यद्यपि कतिपय योजनाको भुक्तानी हुन नसकेको बताइएको छ । प्रदेश सरकारले सो भुक्तानीको लागि प्रयास गरेपनि असफल हुँदै आएका छन् ।

अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आइतबार विज्ञप्ति जारी गर्दै असार अन्तिम दिन सम्म भुक्तानी दिनुपर्ने संघीय सरकारसँग माग गरेका छन् । संघ सरकारले प्रदेशमाथि हस्तक्षेप गरेको विज्ञप्तिमा उनले ठहर गरेका छन् । २५ गते भुक्तानीको अन्तिम दिन शनिबार भएको र सो दिन १२ घण्टा सर्भर डाउन रहेको हुनाले धेरै योजनाको काम सम्पन्न भए पनि भुक्तानी हुन नसकेको विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । आइतबारको बैठकमा पनि नेपाली कांग्रेसकी सांसद सरस्वती चौधरीले भुक्तानीको समय अवधि बढाउन माग गरिन् । धेरै सांसदले योजनाको काम सकाए पनि भुक्तानी हुन नसकेको भन्दै उनले समय अवधि बढाउन माग गरिन् । यस अघिको बैठकमा पनि उनले विशेष समयमा बोल्दै भुक्तानीको समय बढाउन माग गरेकी थिइन् ।

यद्यपि मुख्यमन्त्री लालबाबु राउतले भुक्तानीको समय बढ्न सक्ने बताएका थिए । उनले सचिवमार्फत प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय र प्रधानमन्त्रीसँग सम्पर्क गरी भुक्तानीको समय बढाउन पहल गरेको उनले बताएका थिए । स्रोतहरुका अनुसार मन्त्री साहले कामै नगरी तयार गरेको बिलभर्पाइको भुक्तानीमा लेखा अधिकृतहरुले सहयोग नगरेकाले रकम रोकिएको हो ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News