अपडेट 
२०७९ असार २७, सोमबार ०९:१५

भारतमा कोभिड सङ्क्रमितको संख्या बढेको पढ्यै छ। पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन्।

यससँगै कुल सङ्क्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु  हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ। कुल सङ्क्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय संक्रमित छन्।

त्यसैगरी कोभिड निको दर ९८ दशमलब ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिड संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीव्रता दिँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News