ठगी आरोपमा एक जना पक्राउ परेको छ ।
धनुषाधाम नगरपालिका ५ का सुरेश यादव ऋणीलाई ठगी गरेको आरोपमा पक्राउ परेको हो । उनीमाथि गाउँकै शिवशंकर साह लगायत विभिन्न व्यक्तिहरूलाई ऋण दिई पाँच गुना बढीको कपाली तमसुक बनाई ठगी गरेको आरोप छ । उनले ऋणीको जग्गा जमिण पनि कब्जा गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी नायव उपरीक्ष दीपककुमार रायले जानकारी दिए । उनका अनुसार अदालतबाट फैसला भई सावा ब्याज तिरिसकेका ऋणीको जमिन पनि फिर्ता गर्न साहु सुरेशले मानेका थिएनन् । कपाली तमसुक फिर्ता नगरी ब्याजको ब्याज लिन्छु भनि ठगी गरी रहेको जाहेरीको अधारमा पक्राउ परेका उनीमाथि ठगी शीर्षकको मुद्दा चलाइएको छ । पक्राउ परेका यादव अहिले धनुषा प्रहरीको हिरासतमा छ ।
जिल्ला अदालत धनुषाबाट म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको छ । त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा पनि साहुले ऋणीलाई ठगी गरेको आरोप लागेको छ । स्थानीय सिलन महासेठले मोहन झालाई ठगी गरेको हो । मोहनले उनीसँग चार लाख रुपैयाँ ऋण लिएका थिए । समयमा पैसा चुक्ता गर्न नसक्दा सिलनले जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गराएका थिए । त्यसपछि ऋणी मोहनले अदालतको फैसला अनुसार स्थानीय अशोक साह र अशोक दास लगायत स्थानीयको रोहबरमा बसी ऋण चुक्ता गरेका थिए । सो भर्पाई पनि मोहन सँग छ । तर साहु सलिन र लेखनदास किशोरी साह मिलेमतो गरी तीन करोड पर्ने जग्गा कब्जा गरेको मोहनको आरोप छ । लेखनदास किशोरीले उक्त जग्गा डाक लिलामी गराई आफ्नो नाती प्रद्युम्न साहको नाममा पास गराएका छन् । मोहनले साहु विरुद्ध ठगी र लेख्नदासको लाइसेन्स खारेजको मुद्दा दर्ता गराउने तयारीमा छन् ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw

