२०७९ असार २८, मंगलवार ०७:२३

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेशको सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

जन्मसिद्ध नागरिकलाई नागरिकता दिनुपर्ने लगायत १३ बुदेंमागसहित आठै जिल्लाका अध्यक्षहरुले ज्ञापनपत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाउने गरी पत्र बुझाइएको छ । जन्मसिद्ध नागरिकका सन्तान र वैवाहिक अंगीकृतलाई वर्तमान कानून अनुसार नागरिकता दिन विज्ञप्ति मार्फत माग गरिएको छ । मधेश आन्दोलन, थरुहट आन्दोलन लगायत विभिन्न आन्दोलनका सहभागीहरु माथि लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने माग पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । रेशम चौधरी लगायतका थुनामा रहेकाहरुलाई रिहाई र संविधान संशोधन पनि गर्नुपर्ने माग गरेका छन् । नागरिकता अभावमा जनता विभिन्न अवसरबाट बञ्चित भएको ठहर गर्दै तत्काल नागरिकता विधेयक ल्याउनु पर्ने लोसपाको माग छ । कम प्रभाव पर्ने गरी निजगढ विमान स्थलको निर्माण कार्य सुरु हुनुपर्ने लोसपाको धारणा छ । यस्तै, जनसंख्या अनुसार तीनै तहमा वजेट विनियोजन गर्न र महंगी नियन्त्रण गर्ने पनि सरकारको ध्यानाकर्षण गराइएको छ । कोभिड महामारीमा खटिएको स्वास्थ्यकर्मीको सेवा सुविधा समयमै उपलब्ध गराउन पनि माग गरिएको छ ।

Comment


Related News

Latest News

Trending News