अपडेट 
२०७९ असार २८, मंगलवार ०७:२६

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा जिल्लाको दुई वटा पालिकाको आधा दर्जनभन्दा बढी एग्रोभेट पसल, मासु तथा डेरी उद्योगको सोमबार स्थलगत अनुगमन गरिएको छ ।

भेटेरिनरी निरीक्षक वरिष्ठ पशु चिकित्सक डा.राकेश मोहन सिंहको नेतृत्व तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका धनुषाका प्रमुख ईन्द्रदेव साहको संयोजनमा भएको अनुगमनको क्रममा कतिपय पसलहरूमा मूल्य सूची नभएको, सरसफाइको कमी, प्रमाणपत्रहरू देखिने गरी पसलमा नराखिएको, मासु बिक्री वितरणका लागि तोकिएको मापदण्डको पालना नगरेको तथा नवीकरणमा ढिलाइ गरेको पाइएकोले सचेत बनाइएको छ । त्यस्तै जनताको स्वास्थ्यसँग जोडिएकाले मासु पसलहरूलाई सरसफाइ तथा व्यवस्थित नगरेको खण्डमा अर्को पटक अनुगमन गर्दा अनुमति पत्र रद्द गर्ने तथा आर्थिक जरिवाना गर्ने गरी सचेत गराइएको छ । अनुगमनका क्रममा धनुषा जिल्लाको मिथिला नगरपालिकाको वडा नं ६ मा रहेको महतो भेट पसल, क्षिरेश्वरनाथ नगरपालिकाको जनता भेट, पशुधन भेट, दुर्गा फिड, दुर्गा डेरी, अनिष मासु पसल, रानी कुखुरा फ्रेस हाउसको स्थलगत अनुगमन गरेर पसलहरूको कागजपत्रका साथै कर चुक्ता प्रमाणपत्र पनि चेकजाँच समेत गरिएको छ । यसका साथै एग्रोभेट पसलमा भएको औषधिहरूको उत्पादन तथा म्यादको मिति चेक जाँच पनि गरिएको छ । स्थलगत अनुगमनमा जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा सुनिल झा, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक राम छविला यादव, मधेश प्रदेशका पशुपक्षी निर्देशनालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिसमेतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News