अपडेट 
२०७९ असार २८, मंगलवार ०७:३१

राजविराज । अत्याधिक गर्मीका कारण राजविराज क्षेत्रका सामुदायिक विद्यालय एक महिनाका लागि बन्द गरिएको छ ।

गर्मीका कारण कक्षा कोठामै विद्यार्थीहरु बेहोस हुनेक्रम बढेपछि राजविराज नगरपालिकाले नगरक्षेत्र भित्र रहेका सबै सामुदायिक विद्यालयमा एक महिनाको लागि विदा दिने निर्णय गरेको छ । राजविराज नगरपालिकाको शिक्षा शाखाले सोमवार एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७९ को शैक्षिक क्यालेण्डरमा उल्लेख भएको वर्षे विदामा फेर बदल गरी असार २८ गते मंगलवारदेखि ०७९ साउन २८ गतेसम्म विद्यालयको पठन पाठन बन्द गर्ने निर्णय गरिएको जनाएको छ । बन्द गरिएको विद्यालयको पठन पाठन आगामी २९ साउनदेखि संचालनमा आउने राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भगवती विश्वकर्माले जानकारी दिए । राजविराज नगरक्षेत्रमा ५ मावि, १२ निमावी र २६ प्रावि गरी कुल ४३ सामुदायिक विद्यालय छन् । गर्मीका कारण विद्यार्थीहरु बेहोस पर्ने तथा स्वास्थमा अन्य समस्या समेत देखिन थालेपछि सरोकारवाला संग छलफल गरी यस्तो निर्णय गरिएको उनको भनाइ छ । थप गरिएको पाँच दिनको विदा वर्षे विदामा मिलान गरिने उनले जानकारी दिए । अहिले राजविराजमा तापक्रम ३६ देखि ४० डिग्री सेिल्सयस सम्म रहने गरेको छ । “गर्मी अत्याधिक बढेकाले खास गरी स साना बालबालिकामा निकै समस्यामा देखिएको छ ,स्थानीय अभिभावकहरु भन्छन–गर्मीलाई ध्यानमा राखी नगरपालिकाले गरेको निर्णय स्वागतयोग्य छ ।” एक साता यता बढेको अत्याधिक गर्मीका कारण यहाँको जनजीवन निकै कष्टपूर्ण बनेको छ । अतिआवश्यक काम बाहेकको समयमा मानिसहरु घर बाहिर निस्किन छाडेका छन् । गर्मीबाट बच्न चिकित्सकले सावधान रहन सुझाएका छन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News